काठमाडौं, ११ असोज २०७६ । केही दिन यता लगातार जाम भएर सवारी आवागमन प्रभावित हुँदै आएको नौबिसे–नागढुंगा सडकमा शनिबार निर्वाध रुपमा सवारी साधन चलेका छन् ।
पृथ्वीराजमार्ग हुँदै यात्रा गर्ने यात्रुले हिजोसम्म घण्टौ जाममा बस्नुपरेको थियो। शनिबार बिहानदेखि भने सवारी आवागमनमा कुनै समस्या नभएको प्रहरीले जनाएको छ ।
दिउँसोको समयमा सडक मर्मत गर्दा हिजो लामो सयम जाम भएको थियो। राति र सवारी चाप कम भएका बेला मर्मत गर्ने व्यवस्था मिलाइएसँगै जाम हटेको हो ।
अहिले निर्वाध रुपमा सवारी साधन चलेको र जाम नरहेको धादिङ प्रहरी कार्यालयले जनाएको छ । यो सडकमा सवारी साधन बिग्रीएर, पहिरो खसेर, सडकमा खाल्डाखुल्डी भएर र सवारीसधानको अत्यधिक चाप हुँदा जाम लाग्ने गरेको छ ।








































