दोलखा , ९ असोज २०७६ । बिहिबार विहानै दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का महशुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहिबार बिहान १ बजेर १८ मिनेटमा ४.० म्याग्नेच्युडको भुकम्प गएको हो ।
यस अघि गत आइतबार लमजुङ केन्द्र भएर ४.४ म्याग्नेच्युडको भूकम्प गएको थियो ।








































