पाकिस्तान, ७ असोज २०७६ । पाकिस्तानमा शक्तिशाली भुकम्प गएको छ । मंगलबार बेलुका ४ बजेर ३३ मिनेट जाँदा गएको भुकम्पमा धेरै धन–जनको क्षती भएको अनुमान गरीएको छ । प्रारम्भिक खबर अनुसार, भुकम्पका कारण एक महिला सहित ५ जनाको मत्यु र ५० बढि घाइते भएका छन् । कैयौ स्थानमा रहेको सडक चिरा परेका छन् ।
भुकम्पले पंजाब, पख्तूनख्वा प्रान्त र इस्लामाबादको कैयौ भागमा तेज झट्का महसुु गरिएको छ । यूनाइटेड स्टेट्स जियोलोजिकल सर्वे का अनुसार भुकम्पको केन्द्र गुलाम कश्मीर को मीरपुर, जातला गएको छ । भुकम्प १० किलोमिटर गहिराइसम्म गएको थियो ।
यो भन्दा पहिला यहाँ २००५ मा पनि भुकम्प गएको थियो, जसा धेरै नै धन–जनको क्षती भएको थियो ।
जियो टिभिका अनुसार, भुकम्पका कारण पाकिस्तान, रावलपिंडी, मुर्री, झेलम, चारसद्धा, स्वात, खैबर, एबटाबाद, बाजौर, नौशेरा, मनसेहरा, बत्तग्राम, तोगर र कोहितान मा तेज झट्का महसूस गरीएको छ । भुकम्पको कारण प्रभावित क्षेत्रमा मानिसहरु सडक बाहिर निस्केका थिए । कैयौ स्थानका घरहरु ध्वस्त भएको खबर पनि छ तर क्षतीको पुर्ण जानकारी भने प्राप्त हुन सकेको छैन ।








































