Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३६:४७ दिउँसो
- ADVERTISEMENT -

नौबिसे–नागढुङ्गा सडकलाई ‘नो ओभरटेक जोन’ घोषणा

प्रकाशित मिति: २०७६ असोज ७, मंगलबार

654
Shares

धादिङ,७ असोज २०७६ । नेपालीको महान पर्व दशैँ र तिहारको समयमा अत्यधिक सवारी चापलाई ध्यानमा राखेर नौबिसे–नागढुङ्गा सडकलाई ‘नो ओभरटेक जोन’ घोषणा गरिएको छ । नौबिसे देखिखानीखोला – खत्रीपौवा – सिक्रेखोलादेखि नागढुङ्गासम्मको झण्डै १५ किलोमिटर राजमार्ग उकालो, साँघुरो र धेरै मोड भएकोले चालकलाई लेन अनुशासन मान्न कडाइ गरिएको हो ।

उकालो र मोडमा मालवाहक साधन ढिलो गुड्ने र जाम भएको बेला पनि साना सवारीसाधनले ओभरटेक गरेर उल्टै थप जाम गर्ने भएपछि यो १५ किमी सडक क्षेत्रलाई पहिलोपटक ‘नो ओभरटेक जोन’ घोषणा गरिएको हो । जिल्ला प्रशासन कार्यालय धादिङ, जनपद र ट्राफिक प्रहरीको संयुक्त आयोजनामा धुनीबेँसी नगरपालिकामा गरिएको सरोकारवालाको अन्तत्र्रिmयामा दशैँ, तिहार लगायतका पर्वमा सवारी जाम हुन नदिन विभिन्न उपाय अपनाइने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी आसमान तामाङको अध्यक्षतामा खानीखोलामा बसेको सरोकारवालाको बैठकले सवारी जाम हुन नदिन विभिन्न १५ वटा निर्णय गरेको छ । जिल्ला प्रहरी प्रमुख राजकुमार बैदवारका अनुसार, दशैँ अगावै राजधानी आउने दैनिक उपभोग्य वस्तु र दशैँ मान्न बाहिरिने दैनिक १५ देखि १८ हजार सवारीसाधनलाई यातायात व्यवस्थापन गर्न यातायात व्यवसायी जिम्मेवार हुनुपर्छ ।

खानीखोलादेखि मौवाखोलासम्म जाम हुन नदिन मालवाहक सवारीसाधन प्रवेशमा तत्काल रोक लगाइने भएको छ । पर्वको बेला अत्यधिक सवारी चाप रहने दशैँ अगाडिका एक हप्तासम्म यातायात व्यवस्था विभागमार्फत रोक लगाइने प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिनुभयो ।

चाडपर्व मनाउन राजधानीबाट बाहिरिने सवारीसाधनको चाप बढ्ने भएका कारण प्रवेशमा रोक लगाइएको हो । राजधानी प्रवेश गर्ने र राजधानीबाट बाहिरिने सवारीसाधनको चाप अत्यधिक हुने र मालवाहक सवारीका कारण नौबिसे–नागढुङ्गा सडक खण्डमा अत्यधिक सवारी जाम हुने गरेको छ । यात्रुलाई सुरक्षित र समयमा नै गन्तव्यमा पु¥याउन १५ किलोमिटरका विभिन्न घुम्तीमा २४ स्थानमा प्रहरी पनि परिचालन गरिएको छ ।
प्रहरीले मादक पदार्थ र लागू पदार्थ सेवनको समेत परीक्षण गर्ने छन् । बैठकमा ट्राफिक महाशाखा, काठमाडौँ, ३ नं. ट्राफिक प्रहरी उपरीक्षक प्रकाश रानाभाट, चितवन सडक डिभिजन प्रमुख कृष्ण अधिकारी, नागढुङ्गा प्रहरी, धुनीबेँसी नगरप्रमुख बालकृष्ण आचार्य र गल्छी गाउ‘पालिका प्रमुख कृष्णहरि श्रेष्ठको समेत उपस्थिति थियो ।

मालवाहक सवारीसाधनले क्षमताभन्दा बढी भार बोकेर राजधानी प्रवेश गर्ने गरेका छन् । बढी भार बोकेर काठमाडौँ प्रवेश गरेका मालबाहक सवारीसाधन उकालोमा बिग्रने गरेर जाम लाग्ने गरेको छ । जसका कारण राजमार्ग हुँदै राजधानीबाट बाहिरिने र भित्रने सयौँ सवारीका हजारौँ यात्रुले यात्राका क्रममा झन्झट बेहोर्नुपरेको छ ।

चितवन जिल्लादेखि नै राजधानी प्रवेश गर्ने मालवाहक सवारीलाई रोक्ने बताइएको छ । ठूला ढुवानीका साधन राजधानी प्रवेशमा रोक लगाइएपछि चितवनको कुरिनटार, फिस्लिङ, चुम्लिङटार, जोगीमारा, मझिमटार, मौवाखोला, विशालटार लगायतका स्थानमै रोकिएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -