Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:०८:३६ बिहान
- ADVERTISEMENT -

जापानको चिबामा नेपालीको नाममा दर्ता भएको डुंगामा पहिचान खुल्न नसकेका व्यक्तिको शव

प्रकाशित मिति: २०७६ असोज १, बुधबार

703
Shares

जापान, १ असोज २०७६ । जापानको चिबामा नेपालीको नाममा दर्ता भएको एक बोट (डुंगा) मा पहिचान खुल्न नसकेका व्यक्तिको शव भेटिएको छ ।

करिव दुई वर्षदेखि सञ्चालनमा नरहेको उक्त डुंगा समुन्द्र किनारमा राखिएको अवस्थामा खानतलासी गर्दा शव भेटिएको जापानी समाचार संस्था टिबिएस टेलिभिजनलाई उद्धृत गर्दै याहु न्युजले उल्लेख गरेको छ ।

डुंगाको पछिल्लो भागको भित्री बक्समा प्लास्टिक टाटले बेरेको अवस्थामा लिंग समेत पहिचान हुन नसक्ने र सडेको अवस्थामा शव भेटिएको प्रहरीले बताएको छ ।

प्रहरीले धेरै अघिदेखि उक्त डुंगाबारे सोधखोज गरे पनि भर्खर मात्र नेपाली पुरुषले भाडामा लिएर सञ्चालन गरेको पत्ता लगाएको थियो ।

डुंगा नेपालीको नाममा दर्ता रहेको भएपनि ती नेपालीको जापान बस्ने भिषा अवधि सकिएपछि पनि अवैध रुपमा जापान बसेको कारण गत महिना मात्र उनलाई अध्यागमन अधिकारीहरुले नियन्त्रणमा लिएको खुलेको छ ।

अध्यागमन कार्यालयको नियन्त्रणमा रहेका नेपालीको परिचय बारे समाचारमा केही खुलाइएको छैन ।

अध्यागमन अधिकारीहरुको नियन्त्रणमा रहेका नेपालीसँग डुंगा र शवबारे जानकारी लिएर अनुसन्धानको काम अघि बढाएको प्रहरीले बताएको छ ।

घटना जापानको चिबाकेनको च्योसी शहरस्थित च्योसी मारिनामा भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -