काठमाण्डौँ, २९ भाद्र २०७६ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालगन्ज एअरपोर्ट मा १ घन्टा जाहाज कुराएपछी भट्टराई विरुद्ध नारा जुलुस भएको छ । मन्त्री भट्टराईका कारण विमान उडानमा १ घण्टा ढिलो भएको भन्दै यात्रुहरूले आक्रोस पोखेका हुन् ।
१०० बढि यात्रु बोकेर बेलुकी ६ बजे २५ मिनेटमा उड्नु पर्ने बुद्ध एयरको विमान मन्त्री भट्टराई आउन ढिलाइ भएपछि एक घण्टा ढिलो भएको थियो । मन्त्री भट्टराईका कारण विमान ७ बजेर ८ मिनेटमा उडेको नेपालगञ्ज विमानस्थलले जनाएको छ ।
भ्रष्टाचारविरूद्धका अभियान्ता ज्ञानेन्द्र शाही पनि सोही विमानमा सवार थिए । शाहिले प्लेन किन रोकेको ?, संविधान तपाईले बनाएको हो, मन्त्रिले विमान रोक्न मिल्छ भनेर संविधानको कुन सेक्सनमा लेखेको छ ? भनेर प्रश्न गरेका थिए ।
विमानमा रहेका अन्यले कानुन निर्माता नै कानुन विरुद्ध भएको, १ घण्टा ढिला हुदा त्यसको क्षतिपुर्ति कस्ले दिने ?,प्लेन पुरै मन्त्रिले चार्टर गरेको हो ? भन्दै बुद्ध एयरका कर्मचारी विरुद्ध समेत खनिएका थिए ।
मन्त्रि भट्टराई कैलालीको टीकापुरमा तीन दिने डल्फिन महोत्सव २०७६ को प्रमुख आतिथ्यता ग्रहण गर्न पुगेका थिए ।
यस्तो छ उनले फेसबुकमा लेखेको स्ट्याटस
“आज कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डलफीन महोत्सबको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमान्डौ फर्कने मेरो योजना रहेको थियो । तर कार्यक्रम ढिला भएको कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगंजको अन्तिम उडानबाट काठमान्डौ फर्कनेक्रममा केहि ढिला हुन गएको सत्य हो । सबै यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटमा हाम्रो टिमको बोर्डिङ भएको हो । भोली प्रतिनिधिसभामा माननीयहरुको प्रश्नको मैले जबाफ दिने कार्यक्रम रहेको कारण काठमान्डौ फर्कनै पर्ने दबाबमा म थिए । नेपालगंज बिमानस्थलमा ३/ ४ जना ब्यक्तीहरु आक्रमक शैलीमा मेरा बिरुद्ध प्रस्तुत हुनुभयो । एकजनाले पारसका बिरुद्ध सातलाख हस्ताक्षर दरबारमा बुझाएर तैले हामीलाई कति दु:ख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेंका छौ र ? सम्म भने ।त्यो सुने पछि उनीहरुको नियत मैले बुझिहाले । सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद ब्यक्त गर्दछु ।
मेरा कारणले यात्रुहरुमा पर्न गएको असुबिधाप्रति भने क्षमाप्राथी छु ।”
शनिवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालगन्ज एअरपोर्ट मा १ घन्टा जाहाज कुराएको भन्दै भट्टराई विरुद्ध नारा जुलुस भएको थियो । मन्त्री भट्टराईका कारण विमान उडानमा १ घण्टा ढिलो भएको भन्दै यात्रुहरूले आक्रोस पोखेका थिए ।








































