Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४९:३७ बिहान
- ADVERTISEMENT -

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीर अंकित चाँदीको सिक्का निस्कासन

प्रकाशित मिति: २०७६ भदौ २८, शनिबार

1521
Shares

काठमाण्डौं, २८ भाद्र २०७६ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीर अंकित चाँदीको सिक्का निस्कासन गरिएको छ । जोशी सय वर्ष पुगेको अवसरमा नेपाल राष्ट्र बैंक, टक्सार विभागले जोशीको चित्र अंकित तीनवटा सिक्का निष्कासन गरेको हो ।

दुई हजार पाँच सय, एक हजार र एक सय रुपियाँ दरको सिक्कामा एकातिर जोशीको तस्वीर अंकित छ भने अर्को्तिर सगरमाथाको तस्वीर रहेको छ ।

ललितपुर महानगरपालिकाद्वारा मंगलबार आयोजित कार्यक्रममा अर्थ मन्त्री डा. युवराज खतिवडाले सिक्का सार्वजनिक गरेका हुन् ।

विसं १९७७ वैशाख ३० गते कृष्ण नवमीका दिन ललितपुरको बखुम्बहालमा पिता शंकरदास र माता राजकुमारीका ज्येष्ठ सुपुत्रका रूपमा उनको जन्म भएको हो । राजा, राजपरिवारका सदस्यबाहेक जीवित हुँदा नै आफ्नो चित्र अंकित सिक्का निष्कासन गर्न पाउनुहुने वाङ्मय शताब्दी पुरुष जोशी पहिलो व्यक्ति हुन् ।

कार्यक्रममा मन्त्री डा. खतिवडाले सत्यमोहन जिवित सम्पदा भएको बताए । उनले भने, ‘सय वर्ष पुगेपछि सम्पदाको रुपमा लिइन्छ, त्यसैले सत्यमोहन जिवित सम्पदा हुन् । जिवित इतिहास हुन् ।’

मन्त्री डा. खतिवडाले राष्ट्र बैंकको नोट तथा सिक्का निस्कासनमा संस्कृतिविद् जोशीले लामो समयसम्म योगदान पुर्याएको चर्चा गर्दै त्यसको सम्मान स्वरुप पनि सिक्का निस्कासन भएको बताए ।

राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख वरिष्ठ कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाका अनुसार दोस्रो जनआन्दोलनभन्दा अघि जीवित छँदा राजा र राजपरिवारका सदस्यहरूको मात्र टकमरी गरिएका सिक्का निष्कासन हुने गर्दथ्यो ।

‘जोशी जीवित हुँदा नै राष्ट्र बैंकले यसरी सम्मान गर्न पाउनु नेपाल र नेपालीका लागि गौरवको विषय हो’, प्रवक्तासमेत रहेका निरौलाले भने, ‘सिक्का निष्कासनले जोशीको योगदानलाई अविस्मरणीय बनाउनेछ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -