काठमाडौं, २७ भाद्र २०७६ । इन्द्रजात्रा हेर्न बसन्तपुर पुगेका करिब १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा एकजना बहालवाला सैनिक अधिकृत र एकजना पूर्वडीआईजी विजयराज भट्ट पनि रहेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी इन्द्रजात्रा अवलोकन गर्न शुक्रबार अपराह्न बसन्तपुर जाने कार्यक्रम रहेको र गुठी विधेयकको विषयलाई लिएर विरोध प्रदर्शन हुन सक्ने भन्दै प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको थियो ।
सोही क्रममा उनीहरू पक्राउ परेको बुझिएको छ ।
प्रहरीले भने उच्छ्रृंखल गतिविधिमा संग्लनहरूलाई पक्राउ गरेका बताएको छ । तर, सडकमा हिँड्दै गरेका र भूगोलपार्कमा बसिरहेकाहरूलाई समेत पक्राउ गरेको स्थानीयले बताएका छन् ।








































