Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१८:०० बिहान
- ADVERTISEMENT -

विश्वकप फुटबलको विजेताको दावेदार ब्राजिललाई स्वीट्जरल्याण्डले बरावरीमा राेक्यो

प्रकाशित मिति: २०७५ असार ४, सोमबार

1519
Shares

एजेन्सी । विश्वकपको उपाधि जित्न सक्ने प्रमुख दाबेदार टिमको रुपमा हेरिएको ब्राजिल पछिल्लो ४० वर्षमा पहिलो पटक विश्वकपको पहिलो खेलमा जित निकाल्न असफल भएको छ । विश्वकप फुटबलको विजेताको दावेदार मानिएको ब्राजिललाई स्वीट्जरल्याण्डले बराबरीमै रोकेको छ । आइतबार राति भएको खेलमा सुरुवाति अग्रता ब्राजिलले लिएपनि स्वीट्जरल्याण्डले गोल फर्काएको हो । खेलको २० औं मिनेटमा गोल गर्दै फिलिप काउटिन्होले अग्रता दिलाएपनि दोश्रो हाफमा स्वीट्जरल्याण्डले गोल फर्कायो ।

खेलको ५० औं मिनेटमा स्टेभन जुबरले गोल गर्दै १–१ को बराबरी गरेका हुन् । जाद्रन साकिरिको कर्नर प्रहारमा २६ वर्षिय मिडफिल्डर जुबरले गोल गरे । त्यसपछि दुबै टोलीले गोल गर्ने प्रयास गरेपनि सफल हुन सकेन र स्वीट्जरल्याण्डले अंक बाँड्न ब्राजिललाई बाध्य बनायो ।

विश्वकप विजेताका प्रमुख दाबेदार मानिएका टिमले जित निकाल्न सकेका छैनन् । यसअघि स्पेन, पोर्चुगल र अर्जेन्टिनाले पनि बराबरी खेलेका छन् भने साविक विजेता जर्मनी पराजित भएको छ ।

यी जीतसँगै स्वीट्जरल्याण्डले ब्राजिलसँग बराबरी गरेको छ । यी दुई टोली ९ पटक भिडेकोमा ३÷३ मा जी र ३ खेलमा बराबरी गरेका छन् । ५ पटकको विश्वविजेता ब्राजिल समूह चरणका पछिल्ला १२ खेलमा अपराजित थियो । यस पटक पनि नहारे पनि ब्राजिलले जीत भने दर्ता गर्न सकेन ।

स्वीट्जरल्याण्ड पनि पछिल्ला पाँच सहभागितामा आफ्नो पहिलो खेलमा अपराजित बन्यो । लगातार चौथो पटक विश्वकप खेलेको स्वीट्जरल्याण्डको यो ११ औँ विश्वकप यात्रा हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -