Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:०५:४२ बिहान
- ADVERTISEMENT -

बैतडीका दुई दर्जन नेकपा कार्यकर्तालाई प्रदीप पौडेलले पाटी प्रवेश गराए

प्रकाशित मिति: २०७६ भदौ १४, शनिबार

907
Shares

बैतडी,१४ भाद्र २०७६ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले वर्तमान सरकारले केही पनि गर्न नसकेको आरोप लगाउनुभएको छ । नेपाली  कांग्रेस बैतडी र जि पि कोइराला बैतडीको आयोजनामा गोठलापानीमा पाटी प्रवेश एबम बुहत सास्कृतिक कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय सदस्य पौडेलले सरकार गठन भएको १८ महिना बितिसक्दा पनि नयाँ कामको शुरुवात नगरेको बताउनुभयो ।

‘वर्तमान सरकार झुटा आश्वासन बाड्न मै सीमित छ ।’ उहाँले भन्नुभयो ‘आश्वासन मात्रै बाँडेर देशमा समृद्धि आउँदैन् । देशमा समृद्धि ल्याउनका लागि सरकारले काम पनि गर्नुपर्छ । यो सरकारले अहिले सम्म एउटा काम पनि शुरु गर्न सकेको छैन् ।’

दुई तिहाईको वर्तमान सरकार भ्रष्टाचारलाई संस्थागत रुपमा संरक्षण गर्न लागेको नेता पौडेलले आरोप लगाउनुभयो । उहाँले भन्नुभयो ‘सुन काण्ड, बालुबटारकाण्ड, वाइडबडी, मेलम्ची, बुढीगण्डकी यी सबै काण्डहरुमा हेर्नुहोस सरकारले भ्रष्टाचारलाई संरक्षण दिने काम गरेको छ । यो सरकारको कथनी र करणीमा भिन्नता छ ।’

प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार स्तम्भ भएपनि वर्तमान सरकार प्रेसलाई नियन्त्रणमा राख्ने दाउमा लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘पुर्ण प्रेस स्वतन्त्रता बिना लोकतन्त्रको परिकल्पना गर्न सकिदैन तर  यो सरकार मिडिया काउन्सिल विधेयक ल्याएर प्रेसका घाँटी निमोठ्ने दाउमा लागेको छ ।मानव अधिकार आयोग विधेयक ल्याएर मानव अधिकार हनन गर्ने दाउमा छ ।’

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई वर्तमान सरकारले नै कमजोर बनाएको नेता पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो ‘नेकपाबाट निर्वाचित प्रधानमन्त्री र मन्त्रीहरु नयाँ राजा बन्ने अभियानमा लागेका छन् । उनीहरुका प्रवृति हेर्दा राजाको छनक दिने खालका छन् ।’

एक अर्को प्रसंगमा नेता पौडेलले देश बाहिरबाट मन्त्रिपरिषद बैठक सञ्चालन गर्नु संविधान विपरीत भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘सरकार सञ्चालन बाहिरबाट गर्न सक्ने कुरा संविधानले परिकल्पना नगरेको कुरा हो । यो सरकार नै संविधान कुल्चिँदै अघि बढेको छ ।’

देशमा आएको व्यवस्थालाई संस्थागत गर्नका लागि अब कांग्रेस एकढिक्का भएर अघि बढ्ने पनि पौडेलले दाबी गर्नुभयो । उहाँले भन्नुभयो ‘अब हामी एकढिक्का भएर अघि बढ्छौं । लोकतन्त्रमा विश्वास गर्ने सबै मानिस एक हुनु जरुरी छ।

’पार्टी प्रवेश गर्नेलाई पौडेलको स्वागत

विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गर्नेलाई कांग्रेस केन्द्रिय सदस्य पौडेलले सदस्यता वितरण गर्दै स्वागत गर्नुभएको छ । सतारुढ नेकपाका नेता एवं दलित मुक्ती मोर्चाको पूर्व जिल्ला उपाध्यक्ष जयराम लुहार लगायतलाई पौैडेलले पार्टी प्रवेश गराउनु भएको हो । जयराम लुहारसंगै नारायणसिंह मार्कण्ड, धनीराम चुनारा, सरस्वती टमाटा, वकील बोहरा, नमराज बोहरा लगायत दुई दर्जनले पार्टी प्रवेश गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि प्रदीप पौडेल ,अतिथी नेका जिल्ला सभापति नरेन्द्र सिह थापा,उपसभापति चतुर बहादुर चन्द,पाट्न नगरपालिका मेयर केशव बहादुर चन्द्र ,बिद्यार्थी नेताहरु बलदेव तिमल्सिना ,सुसिल भट्ट महिला सघ जिल्ला अध्यक्ष देबु ढकुन्ना लगायतले सम्बोधन गरेको विद्यार्थी नेता देब महराले बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -