Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५१:१२ बिहान
- ADVERTISEMENT -

निर्वाचन क्षेत्रका सडक नबनेपछि गगन थापा धर्नामा

प्रकाशित मिति: २०७६ भदौ १३, शुक्रबार

833
Shares

काठमाडौं, १३ भाद्र २०७६ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापासहित काठमाडौं क्षेत्र नम्बर ४ का स्थानीय जनताले सडक विभागको कार्यालय अगाडि धर्ना दिएका छन् ।

काठमाडौंको कपन र बुढानिलकण्ठ क्षेत्रका १२ वटा सडक समयमै नबनेपछि सांसद तथा कांग्रेस नेता गगन थापाको नेतृत्वमा शुक्रबार स्थानीयले सडक विभागको कार्यालय चाकुपाटमा धर्ना दिएका हुन् ।

काठमाडौं क्षेत्र नम्वर ४ अन्तर्गत कपन र बुढानीलकण्ठ क्षेत्रमा १२ वटा सडकको ठेक्का लिएको शैलुङ कन्स्ट्रक्सन लगायतका निर्माण कम्पनीविरुद्ध स्थानीयले धर्ना दिएका छन् ।

संसदीय निर्वाचन क्षेत्र ४ मा पर्ने ति सडक निर्माणका लागि ठेक्का लागेको ९ वर्ष भइसक्दा पनि सडक नबनेपछि सांसदसहित स्थानीयले धर्ना दिएका हुन् । अहिलेसम्म ति सडकको काम २० प्रतिशत भन्दा कम मात्रै काम भएको र फेरि पुरानै कम्पनीलाई २ वर्षको म्याद थप गरी ठेक्का दिन लागिएको भन्दै स्थानीयले विरोध गरेका हुन् ।

सोही क्षेत्रबाट निर्वाचित कांग्रेस सांसद थापाको नेतृत्वमा त्यहाँका उपभोक्ता र स्थानीय सरोकारवालाले सडक निर्माणमा देखिएको ढिलाइ अन्त्य नहुँदासम्म धर्ना गर्ने चेतावनी दिएका छन् । थापाले स्थानीयको अनुरोधलाई बेवास्ता गरे सडक विभाग र मन्त्रालयविरुद्ध सुरु गरिएको सडक संघर्षलाई सिंहदरबार भित्र लाने चेतावनी दिनुभयो ।

काठमाडौं क्षेत्र नम्बर ४ भित्र दर्जन बढी सडक निर्माणधीन छन्। अधिकांश सडकको ठेक्का शैलुङ कन्स्ट्रक्सन कम्पनीले लिएको छ । शैलुङ कन्ट्रक्सनले भक्तपुर नगरकोट सडक अलपत्र परेको भन्दै स्थानीय आन्दोलनमा छन् भने संसद्को विकाश समितिले अनुगमन गरेर निर्माण सम्पन्न गर्न सचेत गराएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -