Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५७:०९ बिहान
- ADVERTISEMENT -

रवि लामिछानेसहित तीनै जनाको बयान सकियो

प्रकाशित मिति: २०७६ भदौ ९, सोमबार

828
Shares

चितवन, ९ भाद्र २०७६ । पत्रकार शालिकराम आत्महत्या प्रकरणका आरोपी रवि लामिछानेसहित तीनै जनाको बयान सकिएको छ।

लामिछाने र युवराज कँडेलको बयान भर्खरै सकिएको चितवन जिल्ला अदालतका श्रेष्तेदार रुद्रमनी गिरीले बताए। अस्मिता कार्कीको बयान भने हिजो नै लिइएको हो।

अबको केहीबेरमा थुनछेक बहस सुरु हुने गिरीले बताए।

थुनछेक बहसपछि आजै उनिहरुलाई धरौटीमा रिहा गर्ने, सुद्ध तारेखमा रिहा गर्ने वा पुर्पक्षका लागी कारागार चलानका लागि आदेश दिनेछ। बहस लम्बिए अदालतको आदेश आज पनि नआउने सम्भावना रहेको जनाइएको छ।

उनीहरू तीनै जनालाई आज बिहान १० बजेपछि चितवन जिल्ला अदालतमा उपस्थित गराइएको हो। पुडासैनी मृत्यु प्रकरणमा उनीहरु तीनैजनाविरुद्ध आत्महत्या दुरुत्साहत मुद्धा दर्ता भएको छ। मुलुकी अपराध संहिताको दफा १८५ अनुसार ५ वर्ष कैद र ५० हजार जरीमानाको माग गर्दै हिजो अदालतमा मुद्धा दर्ता गराएको हो।

पुडासैनी गएको साउन २० गत्ते नारायणगढस्थित पोखरा बसपार्कमा रहेको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।

उनले रेकर्ड गराएको भिडियोमा रवि, युवराज र अस्मिताका कारण आफूले आत्महत्या गरेको आरोप लगाएपछि तीनैजनालाई साउन ३० गत्ते काठमाडौंबाट पक्राउ गरी चितवन ल्याइएको थियो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -