चितवन, ९ भाद्र २०७६ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको चितवन बन्दको प्रभाव सामान्य परेको छ ।
जिल्लामा छोटो दुरीका सवारी साधन निर्वाध रुपमा चलिरेहका छन् भने नारायणगढ पुल्चोकबाट छुट्ने लामो दुरीका सवारी साधन पनि फाटट फुट्ट चलीरहेको हाम्रा सहकर्मी केदार र्शमाले जनाकारी दिनुभयो।बन्दका कारण शिक्षण सस्था खुल्न सकेन भने बजार तथा पसल पनि बन्द भएका छन् ।
राज्यले ज्यादाती, दमन र अत्याचार गरेको भन्दै विप्लवले आज चितवन बन्दको आह्वान गरेको हो । बिज्ञप्तीमा आन्दोलनमा सहयोग र समर्थन गर्न आग्रह गरिएको छ ।








































