Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:१५:११ बिहान
- ADVERTISEMENT -

बारपाक जोड्ने सडकमा लापरबाही गर्ने ठेकदार कारबाहीमा

प्रकाशित मिति: २०७६ भदौ ५, बिहीबार

665
Shares

गोरखा, ५ भाद्र २०७६ । बाह्र किलो बारपाक सडक कालोपत्रेको काममा लापरवाही गर्ने ठेकेदार कम्पनीलाई आयोजनाले कारवाही थालेको छ ।

उक्त सडकखण्डको ८ देखि १७ किलोमिटर कालोपत्रे गर्ने जिम्मा पाएको नागार्जुन त्रिशुली जेभीसँग ठेक्का सम्झौता तोडिएको हो ।

तीन करोड जरिवानासहित ठेक्का तोडिएको ११ किलो छेवेटार भालुस्वाँरा बारपाक सडक आयोजना कार्यालय गोरखाले जनाएको छ ।

उक्त निर्माण कम्पनीलाई कालोसूचिमा राख्न कार्यालयले सिफारिस समेत गरेको छ ।

मसाने ठाँटीदेखि खहरेसम्मको १२ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा उक्त निर्माण कम्पनीले पाएको थियो । ‘म्याद सकिए पनि काम गरेन,’ कार्यालयका इन्जिनियर राजेशकुमार यादवले भन्नुभयो, ‘बारम्बार फोन गर्दा पनि ठेकेदार सम्पर्कमा नआएपछि ठेक्का तोडेका हौं ।’ उक्त खण्ड मध्यपहाडी लोकमार्गलाई हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी, बारपाक सडकखण्डको २२ देखि ३० किमी कालोपत्रेको जिम्मा पाएको लोहनी एण्ड व्रर्दशलाई पनि एक करोड २० लाख रुपैयाँ जरिवाना तिराउने तयारी कार्यालयको छ । दुई पटक म्याद थप गर्दा पनि हालसम्म ५० प्रतिशत मात्र काम सम्पन्न भएको जानकारी गराउँदै इन्जिनियर यादवले भन्नुभयो, ‘दोस्रो पटक थपेको म्याद गत चैत्र मसान्तमा सकिसक्यो, सात महिना भित्र काम नगरे ठेक्का तोड्छौं ।’ ३० देखि ४६ किमी कालोपत्रेको ठेक्का पाएको रसुवा एलाइट जेभीले ७० लाख रुपैयाँ जरिवाना रकम तिरिसकेको कार्यालयले जनाएको छ । ‘गत चैत्र मसान्तसम्म एक पटक म्याद थपेका थियौं, जरिवाना तिराइसक्यौ, अव एक बर्षका लागि म्याद थप गर्न भनेर विभागमा पठाएका छौं,’ भन्नुभयो ।

१२ किलो बारपाक सम्मको कुल ४६ किलोमिटर सडकको चार प्याकेजमा ठेक्का लगाइएको छ । बाह्र किलोदेखि मसाने ठाँटीसम्मको ४ किमी सडक मर्मतको काम गोरखा एप्रोपिएट रिकन्स्ट्रक्सनले पाएको छ । ५ देखि १७ किमी सडक कालोपत्रेको जिम्मा नागर्जुन त्रिशुली जेभीले पाएको छ । १७ देखि २२ किमी कालोपत्रेको जिम्मा कन्काई गोरखा जेभीलाई दिइएको छ । २२ देखि ३० किमी लोहनी एण्ड व्रर्दश र ३० देखि ४६ किमी सडक कालोपत्रेको कामको जिम्मा रसुवा एलाइट जेभीले पाएको कार्यालयले जनाएको छ ।

हालसम्म ७० प्रतिशत काम सकिएको इन्जिनियर यादवले बताउनु भयो । ‘१० किमी कालोपत्रे भइसकेको छ यो बर्ष थप २० किमी कालोपत्रे हुन्छ,’ उहाँले भन्नुभयो । ४६ किमी सडकको नाली निर्माण भइसकेको जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -