Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
११:०३:४२ बिहान
- ADVERTISEMENT -

सचिवहरुको ठूलो संख्यामा सरुवा, को कहाँ पुगे ? (नामावलीसहित)

प्रकाशित मिति: २०७६ भदौ ३, मंगलबार

613
Shares

काठमाडौं, २०७६ साल भाद्र ३ गते मंगलबार । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले सचिवहरुको सरुवा गरेको छ । त्यसमध्ये श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव साटिएका छन् ।

श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहाललाई शिक्षा मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव खगराज बराललाई श्रम मन्त्रालयमा सरुवा गरिएको स्रोतले जानकारी दिएको छ ।

यसैगरी, महालेखा नियन्त्रक सूर्यप्रसाद गौतमलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ । उनी गृहसचिव हुने दौडमा थिए ।

भूमि व्यवस्थाबाट सरुवा गरिएका गोपीनाथ मैनालीलाई दिइएको नयाँ जिम्मेवारीका बारेमा भने जानकारी दिइएको छैन । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सिंचाइ सचिव सञ्जय शर्माको पनि सरुवा भएको छ । उनलाई पठाइएको कार्यालयबारे पनि जानकारी दिइएको छैन ।

पर्यटन सचिव मोहनकृष्ण सापकोटाको पनि सरुवा भएको छ । उनको स्थानमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई ल्याइएको स्रोतको दाबी छ ।

सरकारले सचिव सरुवाको निर्णय भने सार्वजनिक गरेको छैन । स्रोतले बताएअनुसार सोमबारको बैठकमा सरुवा हुने सचिवहरुको नाम सुनाइएको थियो । त्यसमाथि केही मन्त्रीहरुले आपत्ति जनाएपछि बुधबार अन्तिम टुंगो लगाउने गरी बैठकमा अन्य विषयमा छलफल भएको जनाइएको छ ।

केही मन्त्रालयका सचिव, प्रदेशका प्रमुख सचिव र आयोगका सचिवहरु सरुवाको सूचीमा रहेको स्रोतको दावी छ । प्रदेश–३ का प्रमुख सचिव आनन्दराज ढकाल र प्रदेश–५ का प्रमुख सचिव डा। तीर्थ ढकाल काठमाडौं आउँदै छन् ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्योपचारका लागि सिङ्गापुर जाने भएपछि भदौ १० मा अनिवार्य अवकास पाउने राजश्व सचिव लालशंकर घिमिरेको अवकास स्वीकृति पनि सोमबार नै गरिएको स्रोतले जानकारी दिएको छ ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -