Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४२:४९ बिहान
- ADVERTISEMENT -

रवि लामिछानेको रिहाइको माग राख्दै चितवनमा आज चौथो दिन पनि प्रदर्शन

प्रकाशित मिति: २०७६ भदौ २, सोमबार

982
Shares

चितवन, २ भदौ २०७६  । न्युज २४ टेलिभिजनका सिधा कुरा जनतासंगको कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई निशर्त रिहा गर्नुपर्ने माग राख्दै लामिछानेका समर्थकहरुले आज चौथो दिन सोमबार पनि चितवनमा प्रर्दशन गरेको छ ।

माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको रहस्यमय तरिकाले भएको आत्महत्या प्रकरणमा अनुसन्धानका लागी भन्दै टेलिभिजन परिसरबाटै पक्राउ गरेका  रवि लामिछाने, पत्रकार युवराज कँडेल र काठमाडौंको तिलिङ्गेबाट पक्राउ परेका नर्स अस्मिता कार्कीलाई रिहाइको माग राख्दै उनका समर्थकहरुले नाराबाजी सहित प्रर्दशन गरेका हुन् ।

प्रदर्शनका क्रममा अराजक गतिविधि गर्ने आधा दर्जनभन्दा बढी प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएका प्रदर्शनकारीलाई कानुनसम्मत कार्वाही गरिने चितवन प्रहरीले जनाएको छ । यस अघि आज सोमबार मात्रै चितवन प्रहरीले भरतपुर चौबीसकोठी देखी मालपोत चोकसम्म प्रदर्शन गर्न नपाइने गरि निषेधित क्षेत्र तोकेको थियो ।

उता, पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नका लागि डोरी किनेको पसल प्रहरीले फेला पारेको छ । सिसिटिभी फुटेजमा शालिकराम एक्लै गएर बसपार्कमा रहेको एक पसलबाट डोरी किनेको दृश्य फेला पारेको हो ।

प्रहरीले पसलको सिसिटिभी फुटेज लिएर अनुसन्धान थालेको छ । बसपार्कको होटल कंगारुमा दिउँसो साँढे तीन बजे पुगेका पुडासैनीले बाहिर निस्किएर डोरी किनेका फुटेजमा देख्न सकिने अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए ।

पत्रकार पुडासैनीले लुगा सुकाउन भन्दै ५ मिटर डोरी मागेका थिए । दृश्यमा पसलका कामदारले डोरी नापेको र प्लाष्टिकको झोलामा डोरी लगेको देखिएको छ ।

होटलमा पुगेर आत्महत्या गरेका पुडासैनीको मोबाइलमा रहेको भिडियो सन्देशमा सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनाका कारण आफूले आत्महत्या गरेको उल्लेख छ ।

उता, नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) चितवनले रवि लामिछानेको समर्थनमा प्रदर्शनमा नजान आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा न्यायलयको निर्णयलाई प्रभाव पार्ने गरी भइरहेको हुलहुज्जत अराजक गतिविधि प्रती गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

सोमबार जारी प्रेस विज्ञप्तिमा नेपाली जनताले बलिदानीपूर्ण संघर्षपछि प्राप्त लोकतान्त्रिक गणतन्त्रकै विरुद्ध लगाउनु नेपाली जनताप्रतिको अ भएको पार्टीले उल्लेख गरेको छ घटनालाई लिएर पार्टीको नेतृत्व नामै किटेर गरिएको नाराबाजी प्रतिक्रियावादीलाई बढवा दिने भएको ‘धमिलो पानीमा माछा चलखेल भएको विज्ञप्तिमा उल्लेख पार्टीले यस्तो कार्य स्वीकार्य नहुने जनाएको हो ।

नेकपाले विज्ञप्तिमार्फत चितवनलाइ शान्ति र अमनचयन कायम प्रशासन लगायत आमजनसमुदायमा आग्रह पनि गरेको छ । नुवाकोटका स्थायी बासिन्दा पत्रकार पुडासैनी साउन २० गते मंगलबार चितवनको नारायणगढस्थित पोखरा बसपार्कको होटल कंगारुको २०२ नम्बरको कोठामा झुन्डिएको अवस्थामा फेला परेका थिए ।

उनको साथबाट फेला परेको मोबाइलमा भिडियो सन्देश छोडेको चर्चाका बीच उनले रुँदै परिवारसँग माफी मागेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -