Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३६:५९ बिहान
- ADVERTISEMENT -

विश्व फोटोग्राफी दिवस: फोटोको सार्वजनिक प्रयोगमा विचार पु¥याउन जरुरी

प्रकाशित मिति: २०७६ भदौ २, सोमबार

794
Shares

काठमाडौँ, २ भदौ २०७६ । ‘हजारौँ शब्दले भन्न नसक्ने कुरा एउटै तस्बिरले प्रस्ट पारिदिन्छ’ सम्भवतः यो विश्वविख्यात अवधारणालाई पछ्याउँदै पत्रकारितामा फोटाको प्रयोग व्यापक हुँदै आएको छ ।

फोटोग्राफीको विकाससँगै कतिपय विकृति पनि बढेका छन् । विशेषतः ‘डिजिटलाइज’ प्रविधिको प्रयोगसँगै कतिपय अवस्थामा नैतिकता र मर्यादाका प्रश्न पनि उठ्ने गरेका छन् ।
सोमबार १८० औँ विश्व फोटोग्राफी दिवस हो । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदै छ ।

राष्ट्रिय फोटो पत्रकार समूहका महासचिव प्रदीपराज वन्तका अनुसार समूहले ‘सत्यतथ्य खोजीका लागि फोटो पत्रकारिता’ मूल नाराका साथ धादिङमा विशेष कार्यक्रम गर्ने भएको छ । यति लामो इतिहास पार गरिरहँदा फोटोग्राफीको कला, प्रयोग र प्रविधिबारे नयाँ बहस आउन थालेको छ ।

वरिष्ठ फोटो पत्रकार गोपाल चित्रकारले युवापुस्तामा फोटोग्राफीको आकर्षण बढिरहेको अनुभव सुनाउँदै भन्नुभयो, ‘“फोटो पत्रकार र सोखिन फोटोग्राफर भनेको फरक हो । पत्रकारले नैतिकता, नियम बुझेर फोटाहरू राख्नुपर्छ तर सोखिनले भने जुनसुकै फोटो सामाजिक सञ्जालमा राखेकै हुन्छ, त्यस्तो गर्नुु गलत हो । फोटोलाई सार्वजनिक गर्दा विचार पु¥याउनुपर्छ । ”

“फोटो भनेको प्रमाण हो, जुन अहिलेको फोटोग्राफीमा न्यून रहेको छ”, चित्रकारले थप्नुभयो, “यसमा फोटोग्राफर र फोटो पत्रकार पनि सजग हुनुपर्छ । ”

व्यक्तिगत रूपमा फोटोग्राफर वा फोटो पत्रकारिता गर्नु धेरै राम्रो हो तर यसको नियम, कानुन र नैतिकता बुझेर काम गर्न उचित हुने उहाँको सुझाव छ ।

सामाजिक सञ्जालमा जे पनि राख्न सकिन्छ, यसमा कसैको पनि नियन्त्रण हुँदैन, जसले गर्दा राम्रो फोटो पत्रकारको पनि अपमान भइरहेको उहाँको अनुभव छ ।

स्वतन्त्र फोटो पत्रकार तथा अनुसन्धानकर्ता उषा तितिक्षु सबैमा फोटोग्राफीको आकर्षण बढ्नु राम्रो भएको धारणा राख्नुहुन्छ । “पहिले एउटा फोटो खिच्न र हेर्न आठ घन्टा लाग्थ्यो तर अहिले आठ सेकेन्ड हुन्छ”, उहाँले भन्नुभयो, “यो ठूलो परिवर्तन हो तर फोटोको नैतिकता, नियम र तरिका जानेर फोटोग्राफी गर्दा राम्रो हुन्छ । ”

एनालगतिर ध्यान
चित्रकारले आठ÷दस वर्षपछि फोटो प्रविधि पुनः पुरानैतिर फर्कन थालेको समेत बताउनुभयो । पुरानो भइसकेको एनालग क्यामेरातर्फ युवाहरूको आकर्षण बढिरहेको दाबी गर्दे उहाँले थप्नुभयो, “यसले खिचेको फोटोमा कुनै पनि प्रकारले बिगार्न अथवा तलमाथि गर्न मिल्दैन । त्यसैले थन्क्याइसकेका क्यामेरा बिस्तारै सबै फोटोग्राफरहरूले निकाल्न थालेका छन् । ”

कम्प्युटर इन्जिनियर स्वप्निलमान जोशीले पनि डिजिटलभन्दा एनालग नै चलाउन रमाइलो लाग्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आफ्नो सोखका लागि डिजिटल क्यामेरा बोकेर फोटोग्राफी गरियो तर सानीआमाको एनालग क्यामेरा पाएपछि त्यही चलाउन रमाइलो लाग्यो ।

एनालग क्यामेराले फोटो खिँच्दा प्रमाणका रूपमा प्रयोग गर्न पाएको अनुभव पनि व्यक्त गर्दै उहाँले मन परेन भने डिजिटलमा जस्तै डिलिट गर्न मिल्दैन भन्नुभयो ।

यस्तो छ विगत
हरेक वर्ष अगस्ट १९ मा यो दिवस मनाउने गरिएको छ । राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष राजेन्द्र चित्रकारका अनुसार संसारलाई बुझ्न फोटोग्राफीले निकै सहज बनाएकोले यसको सुरुआत भएको दिनलाई विशेष रूपमा स्मरण गर्ने गरिएको छ । औपचारिक रूपमा सन् २०१० देखि यो दिवस मनाउन थालिएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -