Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:५९:२४ बिहान
- ADVERTISEMENT -

ब्रेक्जिटबारे बेलायी प्रधानमन्त्रीले फ्रान्सका राष्ट्रपतिसँग छलफल गर्ने

प्रकाशित मिति: २०७६ भदौ १, आइतबार

968
Shares

एजेन्सी, १ भाद्र २०७६ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग ब्रेजिक्टका बारेमा छलफल गर्ने भएको छ ।

अर्को साता हुने जि सेभेनको शिखर सम्मेलनका क्रममा उनीहरुबीचमा छलफल हुने फ्रान्सका कूटनीतिक अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । यही अगस्त २४ देखि २६ सम्म फ्रान्सकै दक्षिणी क्षेत्रमा रहेको एउटा रिसोर्टमा हुने सम्मेलनमा उहाँहरुबीच भेटवार्ता हुने सम्भावना रहेको हो ।

जर्मन चान्सलर एङ्गेला मर्केलका एकजना प्रवक्ताले पनि जोनसनसँग बर्लिनमा “चाँडै भेट हुने अपेक्षा गरिएको” बताएका थिए ।

“चान्सलर र नयाँ प्रधानमन्त्री बोरिसबीच टेलिफोनमा यसअघि पनि एक पटक कुराकानी भएको छ, तर ब्रेजिक्ट र युरोपेली मुलुकसम्बन्धी अन्य विषयमा भने अब कुरा हुने सम्भावना रहेको छ”, प्रवक्ताले भने ।

बेलायतले ब्रेजिक्टलाई पारित गर्न सक्छ कि सक्दैन भन्ने विषय अब युरोपेली सङ्घको भूमिकामा भर पर्ने जोनसोन सरकारले बताउँदै आएको छ ।

यसमा फ्रान्सको भूमिका महत्वपूर्ण हुने भएकाले बेलायती प्रधानमन्त्री जोनसोन र फ्रान्सेली राष्ट्रपति म्याक्रोनको भेटवार्तालाई चासोका साथ हेरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -