एजेन्सी, २६ साउन २०७६ । कांग्रेसले आफनो राजनितिक संकटको सबैभन्दा नराम्रो यात्रामा एक पटक फेरी सोनीया गांधीको हात थामेको छ ।
सोनीया गांधीलाई सर्वसम्मतिले कार्यसमितिले शनिवार राती कांग्रेसको अंतरिम अध्यक्ष चुनेको छ । राहुल गांधीको राजिनामामा शनिवार दिनभर भएको चर्चापछि कुनै नयाँ अनु्हार प्राप्त हुन नसक्दा सोनीया गांधीलाई नै पार्टीको वागडोर दिने निर्णय भयो ।
कांग्रेस संविधना अनुसार कार्यसमितिलाई केवल अन्तरिम अध्यक्ष चुन्ने मात्र अधिकार छ । यसकारण कार्यसमितिले यस अनुरुप सर्वसम्मतिले सोनिया गांधिलाई अन्तरिम अध्यक्ष चुने सँगै अखिल भारतीय कांग्रेस समितिको प्लेनरी सत्रमा अध्यक्षको चुनावको प्रस्ताव पनि पारित गर्यो । यो प्रस्तावको आशय स्पष्ट छ कि प्लेनरी सत्रको बैठक बोलाएर सोनीया गांधीलाई कांग्रेसमा एक पटक फेरी पुर्ण कालिन अध्यक्ष बनाइनेछ ।
कार्यसमितिको यो निर्णयले के स्पष्ट भएको छ भने कांग्रेस हालको परिस्थितिमा गांधी परिवार भन्दा बाहिरको नेतृत्वलाई पार्टीको कमाण्ड सुम्पने ठुलो जोखिम लिनको लागी तयार भएन । सोनीया गांधिलाई कार्यसमितिले अन्तरिम अध्यक्ष चु्ने तापनि यसमा अब कुनै पनि शंका छैन कि अबको केही समयसम्म एक पटक फेरी उनी पार्टीको नेतृत्व गरीनै रहनेछिन् ।
करीब २० बर्षसम्म सबैभन्दा लामो समयसम्म कांग्रेस अध्यक्ष पदमा रहिरहने रेकर्ड बनाउने सोनिया गांधी केबल २० महिना पछि नै एक पटक फेरी यो पदमा फर्केर आएकी छिन् ।








































