Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३४:२३ बिहान
- ADVERTISEMENT -

३८० सम्पदाको पुनःनिर्माण सम्पन्न

प्रकाशित मिति: २०७६ साउन २३, बिहीबार

1152
Shares

काठमाडौँ, २३ साउन २०७६ । चार वर्षअघिको भूकम्पबाट क्षतिभएका ८९१ वटा पुरातात्विक एवं सांस्कृतिक महìवका सम्पदामध्ये ३८० वटाको पुनःनिर्माण सम्पन्न भएको छ ।

पुनःनिर्माण सम्पन्न भएकामध्ये विश्व सम्पदा सूचीमा सूचीकृत नौ सम्पदास्थलका ९६ वटा मूर्ति, मठमन्दिरको पुनःनिर्माण सम्पन्न भएको जनाइएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दिएको जानकारीअनुसार, भूकम्पबाट अति प्रभावित १४ जिल्लामा ७५३ र अन्य भूकम्प प्रभावित १७ जिल्लाका १३८ वटा सम्पदा क्षतिग्रस्त भएका थिए । यी सम्पदाको पुनःनिर्माणमा २ अर्ब १२ करोड ६२ लाख रुपियाँ खर्च भएको जनाइएको छ ।

प्राधिकरणका अनुसार, हनुमानढोका दरबार क्षेत्रको गद्दी बैठक, नाट्येश्वर मन्दिर, कृष्ण मन्दिर, नगराघर, प्रताप मल्लको सालिक पुनःस्थापना तथा तलेजु मन्दिरको पुनःनिर्माण सम्पन्न भइसकेका छन् ।

त्यसैगरी, भक्तपुर दरबार क्षेत्रका खौमा गेट, सिद्धिलक्ष्मी, नारायण, शङ्रनारायण लगायत मन्दिरको पुनःनिर्माण कार्य सम्पन्न भएका छन् ।

यस्तै, चाँगुनारायण संरक्षित स्मारक क्षेत्रका चाँगुनारायणको मुख्य मन्दिर तथा किलेश्वर मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ । स्वयम्भू क्षेत्रको प्रतापपुर मन्दिर, अन्नतपुर मन्दिर, आनन्दकुटी महाविहार लगायतका सांस्कृतिक सम्पदाको पनि पुनःनिर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

त्यस्तै, पाटन दरबार संरक्षित स्मारक क्षेत्रमा योगनरेन्द्रको सालिक पुनः स्थापना भएको छ भने मणिमण्डप र सुन्दरी चोकको पूर्वी लङको पुनः निर्माण भएको छ ।

ऐतिहासिक कृष्ण मन्दिरको संरक्षण कार्यसमेत गरिएको छ । त्यसैगरी थापाथलीस्थित जङ्गहीरण्य हेमनारायण मन्दिर, बौद्धस्थित बौद्धनाथ स्तूपालगायतका पुरातात्विक सम्पदाहरूको पुनःनिर्माण भइसकेको छ ।

पुरातत्व विभागका निमित्त महानिर्देशक दामोदर गौतमका अनुसार, चालू आर्थिक वर्षमा १५० वटा सम्पदाको पुनःनिर्माण गर्ने कार्यक्रम रहेको छ । हाल पुनःनिर्माण भइरहेका सम्पदाहरूमा रानीपोखरी, धरहरा, वसन्तपुरस्थित काष्ठमण्डप, नौतले दरबार, रातो मछिन्द्रनाथको मन्दिर, नुवाकोटस्थित सात तले दरबारलगायत छन् ।

 

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -