काठमाडौं, २० साउन २०७६ । सरकारले झूठो विवरण पेश गरी नागरिकता लिएका राजेन्द्र महतोसहित ८ जनाको नागरिकता रद्द गर्ने निर्णय गरेको छ ।
यही साउन १६ गतेका दिन बसेको मन्त्रिपरिषद् बैठकले झूठो विवरण पेश गरेर नेपाली नागरिकता लिएका ८ जनाको नागरिकता रद्द गर्ने निर्णय गरेको हो ।
नागरिकता रद्द हुनेहरुमा अशोक साह, विन्दे महतो, दानादेवी महतो (विन्दे महतोको पत्नी, बैवाहिक अंगीकृत), सोसील महतो (दानादेवीकी बुहारी), राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतो रहेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले जानकारी दिनु भयो ।
त्यस्तै मन्त्रिपरिषद्को साउन १६ गतेको बैठकलेकर्मचारी तथा शिक्षकको नयाँ तलब तोक्ने निर्णय पनि गरेको छ ।








































