Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४१:४० बिहान
- ADVERTISEMENT -

चुनाव नजिकिदै गर्दा एनआरएनए जापानमा प्रतिस्पर्धीहरुबीच दौडधुप

प्रकाशित मिति: २०७६ साउन १८, शनिबार

1196
Shares

जापान, १७ साउन २०७६ । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको निर्वाचनको मिति नजिकिँदै गर्दा नेतृत्वका लागि प्रतिस्पर्धीहरुबीच दौडधुप चलेको छ ।

एनआरएनए जापानको चुनाव आगामी सेप्टेम्बर ८ तारिखमा हुँदैछ भने जापान अध्यक्षयका लागि चार जनाले उम्मेम्मेदवारी घोषणा गरिसकेका छन् ।

अध्यक्षमा दाबी गर्नेहरुमा वर्तमान अध्यक्ष टासी वाङ्दी लामा, वरिष्ठ उपाध्यक्ष देवीलाल भण्डारी, उपाध्यक्ष शिवप्रसाद पौडेल तथा आईसीसी सदस्य दिनेश गुरुङ रहेका छन् । अहिले विभिन्न पदमा दाबी गर्ने प्रतिस्पर्धीहरु निर्वाचनको प्रचारप्रसार तथा गुटगत भेला, राजनीतिक समर्थन जुटाउन दौडधुपमा व्यस्त देखिन्छन् ।

वर्तमान कार्यकालमा आफुले धेरै काम गर्न सफल भएको र एनआरएनए जापानलाई अझै प्रभावकारी बनाउन आफुले पुनः उम्मेद्वारी दोहो¥याएको वर्तमान अध्यक्ष टासी वाङ्दी लामा बताउँछन् । लामाकै कार्यकालमा नेपालबाट जापान आएका जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिएको थियो भने एनआरएनए जापान ०१७-०१९ कार्यसमितिले आफ्नो कार्यालय खर्च कटौती गरी नेपालका विभिन्न दुर्गम जिल्लाका ५० जना गरीब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृति प्रदान गर्ने योजना रहेको बताइएको छ । यदि लामाको कार्यकाल नदोहो¥याए करिव ४० लाख बराबारको मासिक छात्रवृत्ति योजना छुट्न सक्ने चिन्ता सरोकारवालाहरु गर्दछन् ।

अध्यक्षका अर्का प्रत्यासी देवीलाल भण्डारीले आफ्नो पहिलो प्राथमिकता भनेको प्रवासी नेपालीको समस्यालाई तत्काल समाधान गर्ने संरचनाको विकास गर्ने बताए ।

उनले प्रवासी नेपालीप्रति सरकारको ध्यान न्यून गएको तथा सरकार र प्रवासीबीचको निकटता घनिष्ट बनाउनका लागि सधै. लडिरहने प्रतिबद्धता जनाए। कानुनी विवाह, दुर्घटना, निधन, जस्ता बाधाअड्चनहरुमा एनआरएन जापानले अझ गम्भीरतापूर्वक कार्य गर्ने भण्डारी बताउँछन् ।

जापानमा रहेका नेपाली प्रवासीले उनलाई एक सामाजिक अभियन्ता नै मान्ने गर्दछन् । उनी कार्यसमिति सदस्य हुँदे वरिष्ठ उपाध्यक्षसम्म बन्न सफल भएका थिए । आगामी निर्वाचनमा पनि भण्डारी अध्यक्षको बलियो दाबेदार मानिन्छन् ।

त्यस्तै अर्का आकांक्षी शिवप्रसाद पौडेलले विदेशी सीप र प्रविधि स्वदेशमा भित्र्याउन आफु उन्मुख हुने प्रतिबद्धतासहित अध्यक्ष पदमा आफ्नो दाबी रहेको बताए । पेशाले जापानका एक सफल नेपाली व्यवसायी पौडेल एनआरएनए जापानको २०१७-१९ को कार्यसमितिको उपाध्यक्षमा राम्रै मत ल्याई प्रत्यक्ष निर्वाचित भएका व्यक्ति हुन् । व्यवसायका साथसाथै आफुले कमाएको केही रकम सामाजिक कार्यमा खर्च गर्ने मनसायले पनि पौडेल गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानमा प्रवेश गरेको बताउँछन् ।

एनआरएनए जापानको सल्लाहकार हुँदै उपाध्यक्षसम्म भैसकेका पौडेल सामाजिक र ब्यक्तिगत रुपमा पनि सबैलाई सहयोग गरि सबका प्यारा बनेका छन् । उनी पोखरा समाज जापानका निवर्तमान अध्यक्ष समेत हुन् । पढाईमा अब्बल पौडेल नेपालमा रहँदा विद्यालयमा शिक्षकको रुपमा काम गर्दथे । पौडेल आगामी निर्वाचनमा बलिया दाबेदारको रुपमा देखिएका छन् ।

संस्थाको नेतृत्वका लागि आफ्नो उम्मेदवारी अपरिहार्य रहेको बताउँछन् दिनेश गुरुङ । आइसीसीसीमा रहेर काम गरी सफलता हासिल गरिसकेका दिनेश गुरुङ जापानका एक सफल नेपाली व्यवसायी पनि हुन् । एनआरएन जापानलाई सबैको साझा संस्थाको रुपमा विकास गर्ने लक्ष्यसाथ नेतृत्वमा पुग्न आफ्नो उम्मेदवारी रहेको बताउँछन् दिनेश गुरुङ । गुरुङले जापानमा रहेका सबै नेपालीहरुलाई लक्षित गरी नेपाल हाउस निर्माण गर्ने र यहाँ रहेका नेपालीलाई जापान बसाईमा एनआरएन जापानले सहयोगीको भूमिका खेल्ने वातावरणको पूर्वधार निर्माण गर्ने बताए । नेपाल हाउसभित्र नेपालमा लगानीनि तथा भ्रमणको लागि जाने जापानिजहरुलांई नेपाल सरकारको सहयोगी बनि नेपाल भ्रमण जाने जापानिजलाई नेपालको बारेमा जापानिज भाषामा नै जानकारी दिनेको पनि ब्यबस्था गर्ने पनि उनले बताए ।

आफु अध्यक्ष पदमा निर्वाचित भएमा सबै क्षेत्रीय समितिहरुमा समय समयमा अन्तरक्रिया कार्यक्रम राख्ने र जापानमा रहेका प्रवासी नेपालीहरुको समस्याहरुलाई पहिचान गरी तत्काल निराकरण गर्नका लागि काम गर्ने दिनेश गुरुङ बताउँछन् । तमु धी जापानको अध्यक्ष समेत भइसकेका गुरुङ स्याङ्जा समाज अन्तर्राष्ट्रिय समन्वय परिंषदका वर्तमान सरंक्षकको भूमिकामा पनि काम गरिरहेका छन् ।

राष्ट्रिय समन्वय परिषदले २०१९ र २१ को लागि निर्वाचन समिति गठन गरेको छ ,जसमा ओम गुरुङ प्रमुख निर्वाचन आयुक्त रहने गरि सदस्यमा शरद गौचन र शालिकराम भण्डारीलाई चयन गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -