काठमाडौं, १७ साउन २०७६ । अर्गनाइजेसन अफ पब्लिक स्कूल (OPS) ले आयोजना गरेको इन्टर स्कुल 5A Side फुटसल टुर्नामेन्टमा आज भएको खेलमा मनासलु पब्लिक स्कूल लाई गिनिजले ४-२ अन्तरले पराजीत गरेको छ भने SACRED Heart स्कूल लाई ३-० ले पराजीत गरेर गिनिज स्कुल सेमिफाइनलमा प्रवेश गरेको कुरा स्कूलका ECA इन्चार्ज दिपक कडेलले जानकारी दिनु भयो ।
प्रतियोगिता G 4 Futshal ग्राउन्डमा भइरहेको र सेमिफाइनल र फाइनल खेलहरु आइतबार बिहान मात्र सञ्चालन हुने आयोजकले जनाएको छ ।
उक्त खेलमा OPS नयाँ बजार देखि तार्केस्वर सम्म २५ बिधालयका ७,८ र ९ कक्षामा अध्ययनरत बिद्यार्थीहरुको सहभागीता रहेको छ ।
OPS का अध्यक्ष समेत रहनु भएका Him Rasmi का प्रधानाध्यापक लोकेन्द्र खड्काले यस प्रकारका खेलकुदमा भाग लिएमा बिद्यार्थीहरुको चौतर्फी बिकाश हुने बताउनु भयो ।









































