Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:२३:२२ दिउँसो
- ADVERTISEMENT -

कुबेतमा अलपत्र २८ नेपाली कामदारको तत्काल उद्दार गर्न निर्देशन

प्रकाशित मिति: २०७६ साउन १५, बुधबार

947
Shares

काठमाडौं, १५ साउन २०७६ । कुबेतमा अलपत्र २८ नेपाली कामदारको तत्काल उद्दार गर्न र मेनपावरलाई कारवाही गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको निर्देशन दिनु भएको छ ।

मेनपावर व्यवसायीको चरम लापरबाहीका कारण कुवेतमा अलपत्र परेका २८ नेपालीमध्ये २३ जना जेल चलान नै गरेपछि बल्ल मन्त्री विष्टले उद्दार गर्न तत्परता देखाउनु भएको हो ।

कम्पनी र म्यानपावर व्यवसायीले चरम लापरबाही गर्दा २३ जना जेलमा परेका हुन् । बाँकी ५ जना सडक पेटीमा रात काट्न बाध्य छन् ।

यो खबर नागरिक खबर डटकममा प्रकाशित तथा प्रसारित भएपछि मन्त्री विष्टले तत्काल उद्दार र कामदार पठाउने मेनपावरलाई तत्काल कारवाही गर्न रोजगार विभागका महानिर्देशक डा। भीष्म भुसाललाई निर्देशन दिएका छन् ।

काठमाडौंको सिनामंगलमा रहेको सारोन म्यानपावर सर्भिसेसबाट २८ जना कुवेत पुगेका थिए । सारोनमार्फत अप्रिल १०, ११ र १५ मा कुवेतमा रहेको कम्पनीमा कामका लागि गएका उनीहरुले काम पनि नपाएको र सडक पेटीबाट २३ जनालाई स्थानीय प्रशासनले केही दिनदेखि जेलमा लगेको हो ।

अलपत्र परेका नेपाली कामदारको भिसाको म्यादसमेत सकिएको छ । कुवेती कानुन अनुसार प्रतिव्यक्ति साढे दुई सय कुवेती दिनार अर्थात झण्डै ९१ हजार नेपाली रुपैयाँ तिर्नुपर्ने भएपछि उनीहरुलाई कुवेतको प्रशासनले जेल हालेको हो ।

नेपालबाट प्रतिव्यक्ति १ लाख ८० हजार रुपैयाँ म्यानपावर कम्पनीलाई बुझाएर गएका २८ जनाले ४ महिनासम्म पनि काम, दाम र माम पाएनन् । केही दिनदेखि २३ जनाले जेल सजाय भोगिरहेका छन् । जेल बाहिर रहेका ५ जना भने बहबुल्लाहको ड्राइभर क्याम्पको बाहिर पट्टी बसिरहेका छन् ।

म्यानपावर कम्पनीका सञ्चालक श्याम क्षेत्रीले आफूले अलपत्र र जेलमा रहेका नेपाली कामदार ल्याउनका लागि पहल गरिरहेको बताएका छन् । उनले श्रमसहचारी ज्ञानेन्द्र शर्मा मार्फत जेलमा रहेका नेपालीको अवस्था बुझिरहेको बताउनु भयो ।

जेल बाहिर रहेकालाई आफूले नै खाने व्यवस्था मिलाएको बताउँदै उनले भने, ‘नेपाल ल्याउनका लागि एक जनाको झण्डै साढे दुई सय केडी तिर्नु पर्छ । धेरै पैसा तिर्न नसकेर उनीहरु जेल परेका हुन । कम्पनीले तिर्नु पर्छ । मेरो आफ्नो लाखौं रुपैयाँ समेत डुबेको छ । उनीहरुको अवस्था देखेर मलाई पनि चिन्ता लागेको छ ।’

कामदार अलपत्र परेपछि तत्काल उद्दारका लागि पहल नगरेपछि यो समस्या आएको हो । श्रममन्त्रीदेखि परराष्टमन्त्रीसमेतलाई मिलाएको भन्दै सञ्चालक क्षेत्रीले कामदारहरुलाई धम्कीसमेत दिएको स्रोतको भनाइ छ । नागरिक खबर

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -