काठमाडौँ, १४ साउन २०७६ । सरकारले लिएको लक्ष्य अझै पुरा भएको छैन । सरकारले २ वर्षमा सबै स्थानीय तहमा वाणिज्य बैंकको ७५३ शाखा पुर्याउने लक्ष्य लिइएकोमा देशको ७ सय ३२ स्थानीय तहमा मात्र बैङ्क पुगेको छ ।
यसैक्रममा, सो बैंकको शाखा २१ स्थानीय तहमा भने, अझै पुग्न सकेको छैन । प्रदेश १ मा १३६ स्थानीय तहमा बैङ्कको शाखा पुगेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । प्रदेश नं १ का एउटा मात्र स्थानीय तहमा सो बैंकको शाखा नपुगेको जनाएको छ ।
यसैक्रममा, प्रदेश नं २ को १३४ स्थानीय तहमा सो शाखा पुगेको छ भने, त्यहाँका २ स्थानीय तहमा मात्र बैंकको शाखा पुग्न बाँकी रहेको जनाएका छन् ।
यसैगरी, प्रदेश ३ मा ११७ स्थानीय तहमा बैङ्कको शाखा पुगेको छ भने, २ स्थानीय तहमा बैङ्कको शाखा पुग्न बाँकी रहेको छ । साथै, गण्डकी प्रदेशको ८३ वटा स्थानीय तहमा बैंकको शाखा पुगेको छ भने, ३ वटा स्थानीय तहमा बैंकको शाखा पुग्न बाँकी रहेको छ । यस्तै, ५ नं प्रदेशको सबै स्थानीय तहमा भने बैङ्कको शाखा पुगेको छ ।
यसैक्रममा, कर्णाली प्रदेशको ८१ स्थानीय तहमा बैंकको शाखा पुगेको छ भने ८ स्थानीय तहमा शाखा पुग्न बाँकी रहेको छ । र सुदुरपश्चिमको ८२ स्थानीय तहमा बैकको शाखा पुगेको छ भने, ६ वटा स्थानीय तहमा बैङ्कको शाखा पुग्न बाँकी रहेको छ ।









































