Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:५०:५४ बिहान
- ADVERTISEMENT -

दक्षिण कोरियालाई चेतावनीस्वरुप मिसाइल प्रक्षेपण गरिएको हो : किम

प्रकाशित मिति: २०७६ साउन ११, शनिबार

946
Shares

अलजजिरा, ११ साउन २०७६ । उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियालाई चेतावनीस्वरुप बिहीबार नयाँ मिसाइल प्रक्षेपण गरेको बताएका छन् । उत्तर कोरियाले बिहीबार बिहान समुन्द्रमा छोटो दूरीको मिसाइल प्रक्षेपण गरेको थियो ।

उत्तर कोरियाली नेता उनले दक्षिण कोरियालाई उच्च प्रविधिका हतियार आयात र अमेरिकासँगको संयुक्त सैन्य अभ्यास बन्द गर्न चेतावनीस्वरुप उक्त मिसाइल प्रक्षेपण गरेको शुक्रबार त्यहाँको सञ्चारमाध्यम केसीएनएमा उल्लेख गरिएको छ ।

उत्तर कोरियाले बिहीबार छोटो दूरीका दुई वटा विस्फोटक मिसाइल ४३० किमीको दूरीमा पूर्वी समुन्द्र (सी अफ जापान) मा खसालेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरियाली अधिकारीले अमेरिका र उत्तर कोरियाली नेताबीच निःशस्त्रीकरणका विषयमा सहमति भएपछिको पहिलो मिसाइल प्रक्षेपण भएको जनाएका छन् ।

केसीएनएले ट्रम्पको नाम उल्लेख गरेको छैन । तर, नेता किमले दक्षिण कोरियाली अधिकारीहरुले संयुक्त अभ्यास सञ्‍चालन गर्न लागेकोमा आपत्ति जनाएको उल्लेख गरिएको छ ।

केसीएनएका अनुसार किमले भने, ” हाम्रो मुलुकको सुरक्षामा हुने सम्भावित खतरापूर्ण हतियारलाई नष्ट गर्ने हितयार हामीसँग छैन तर विकास गर्छौं । आफ्नो देशको सुरक्षाका लागि उच्च शक्तिशाली हतियार प्रणाली विकास गर्नसक्ने क्षमता हामीसँग छ ।”

नेता किमले दक्षिण कोरियाले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् । उनले भने, “एकातिर शान्तिको वकालत गरेको छ भने अर्कोतिर अत्याधुनिक हतियारको आयात र संयुक्त सैन्य अभ्यासको तयारी गरेको छ ।”

हाल करिब ३० हजार अमेरिकी सेना दक्षिण कोरियामा भएको र उनीहरुको हरेक वर्ष दक्षिण कोरियाली सेनासँग गर्ने युद्धअभ्यासले प्योङयाङ आक्रोशित बनेको अलजजिराले जनाएको छ ।

नेता किमले दक्षिण कोरियाली नेताले यस्तो किसिमको आत्मघाती गतिविधि रोक्नुपर्ने र यस्तो चेतावनीलाई बेवास्ता गर्दै गल्ती नदोहोर्‍याउनसमेत आग्रह गरेका छन् ।

उत्तर कोरियाले निःशस्त्रीकरणको वार्ताको निरन्तरतामा पनि संयुक्त सैनिक अभ्यासले असर गर्ने बताएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -