Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:०४:०५ बिहान
- ADVERTISEMENT -

पूर्वी युरोपमा आधा भन्दा बढी वैज्ञानिक महिला

प्रकाशित मिति: २०७६ साउन ८, बुधबार

1113
Shares

एजेन्सी, ८ साउन २०७६ । हामी सामाजिक रुपमा धेरै आधुनिक भइसके पनि अझै विज्ञान र प्रविधिको विषयलाई पुरुषकै दुनियाँ मानिन्छ । यसको उदाहरण हो सन् १९०३ मा म्यारी क्युरीले पहिलोपटक नोबल पुरस्कार प्राप्त गरेदेखि हालसम्म ६ सय जना पुरुष ‘फिजिक्स’, ‘केमेस्ट्री’ र ‘मेडिसिन’ सम्बन्धी खोजका लागि सम्मानित भएका छन् तर अर्कोतर्फ महिलामा चाहिँ १९ जना मात्र पुरस्कृत छन् ।

यसरी हाल विश्वभर केबल २८ प्रतिशत महिलाहरु अनुसन्धानकर्ताका रुपमा कार्यरत् छन् । यहाँसम्मकी लैङ्गिक समानतालाई अन्य भूभागमा भन्दा बढी महत्व दिइने इयूमासमेत वैज्ञानिक र इन्जिनियरहरुमा मात्र दुई चौथाइ महिला छन् । अझ जर्मनी र फिनल्यान्डमा त तीनमध्ये एकजना भन्दा थोरै महिलाहरु विज्ञान सम्बन्धी परियोजनामा सहभागी छन् ।

तर पूर्वी युरोप भने यसमा अपवाद साबित भएको छ । नेदरल्यान्डस्थित लेइडन युनिभर्सिटीले सार्वजनिक गरेको हालैको रिपोर्टअनुसार लिथुएनियाका ५७ प्रतिशत वैज्ञानिक र इन्जिनियरहरु महिला छन् ।

त्यस्तै बुल्गेरिया र लट्भीया पनि विज्ञान सम्बन्धी खोज गर्नेहरुमा ५२ प्रतिशत महिला रहेका छन् । यसैगरी पोल्यान्ड र सर्बिया पनि अनुसन्धान प्रकाशनमा विश्वकै सबैभन्दा समान मुलुकहरुको सूचीमा शीर्षमा परेका हुन् । यसरी दक्षिण पूर्वी युरोपमा मात्र विश्वका ४९ प्रतिशत महिला अनुसन्धानकर्ताहरु छन् जसलाई सोभियत युगको देन पनि भनिएको छ । त्यसबेलाको कम्युनिस्ट शाषनमा महिला र पुरुष दुवैलाई बलपूर्वक कुनै विकल्प नदिइ वैज्ञानिक करियरमा लगाइने गरिएको थियो । अहिले त्यस किसिमको जबरजस्ती हटिसक्यो तर ल्याबमा महिलाहरुले काम गर्ने प्रवृत्ति भने अझै जारी छ ।

आज युरोपमा अभियानकर्ताहरुले महिलाहरुले पनि उच्च पदमा काम गर्न पाउनुपर्ने नारा लगाइरहेका छन् । तर यसमा धेरै महिलाहरुले कलेज सकिएपछि विज्ञान, प्रविधि, इन्जिनियरिङ, गणितलगायतका विषयसँगको सम्बन्ध अन्त्य गर्ने गरेको पाइएको छ । यस्तोमा माइक्रोसफ्टले गरेको एक अध्ययनले महिला ‘रोल मोडल’ ले युवतीहरुलाई विज्ञान विषयप्रतिको रुची बढाउन धेरै प्रभावित गर्न सक्ने देखाएको हो ।

‘युरोपियन इन्स्टिच्युट फर जेन्डर इक्वालिटी’ का अनुसार विज्ञान सम्बन्धी विषयहरुमा महिला र पुरुषहरुको सहभागिताबीचको अन्तर कम गराउनुले युरोपको मात्र कूल घरेलु उत्पादन तीन प्रतिशतले बढाइदिन सक्छ भने २०५० सम्ममा १२ लाख बढी रोजगारका अवसर सिर्जना गर्न सक्छ । पछिल्लो दशक युरोपको प्राविधिक क्षेत्रमा रोजगारी दर अन्यको तुलनामा चार गुणाले वृद्धि भएको छ ।

तर युरोपियन कमिसनले भने आगामी वर्षमै यस क्षेत्रको बृद्धि अचानक कम हुने भविष्यवाणी गरेको छ । सूचना तथा संचार प्रविधि, आईसीटीमा पाँचलाख भन्दा अधिक कामदारहरुको अभाव हुने हुनाले नै त्यस्तो समस्या आइपर्ने कमिसनको भनाइ छ ।

२०१७ मा मात्र युरोपेली संघका आधा भन्दा बढी व्यवसायहरुले आईसीटी विशेषज्ञ नियुक्त गराउने प्रयास गर्दा पद सङ्ख्या पूरा गर्न निकै संघर्ष गर्र्नुपरेको थियो । तर यता रोजगारीमा युरोपकै सबैभन्दा कम लैङ्गिक अन्तर भएको लिथुएनिया र आईसीटी विशेषज्ञमा महिलाहरुको बाहुल्यता रहेको बल्गेरियामा भने कुनै समस्या देखिएन ।

द इकोनोमिस्ट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -