रौतहत, ६ साउन २०७६ । बी पी स्मृति दिबसको अबसरमा तराईमा आएको बाढिमा परेर पीडित हुनु भएका परिबारहरुलाई एउटा मानवीयताको नाताले सानै भए पनि पिडाको घाउमा मलम लगाउने उदस्यले बाढिपिडितहरुलाई राहत बितरण गरिएको छ ।

रौतहट जिल्ला गढीमाइ नगरपालिका वडा नम्बर २ र ३ मा कुन्दन राज काफ्लेको नेतृत्वमा राहत सामाग्री बितरण गरिएको छ ।

तिनसय परिवारलाई चामल, तेल, पाल, लत्ताकपडा लगायतका सामान तिन सय परिवारलाई प्रधान गरीएको विद्यार्थी नेता सुसिल भट्टले जानकारी दिनुभयो ।

राहत बितरण कार्यक्रममा रौतहट ने का सभापति कृष्ण यादब, सासद देब प्रसाद तिमल्सिना ,धनलाल ढोकर, स्थानीय जनप्रतिनिधि ,विद्यार्थी नेताहरु राम प्रसाद अधिकारी, बलदेव तिमल्सिना लगायतका नेताकार्यकर्ताको उपस्थिति थियो ।









































