Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१३:०० बिहान
- ADVERTISEMENT -

दिनहुँ भेटिन्छन् नक्कली प्रमाणपत्रधारी

प्रकाशित मिति: २०७६ साउन ६, सोमबार

925
Shares

काठमाडौँ, ६ साउन २०७६ ।प्रहरी थुनामा दैनिक खाना लिएर जाने झन्झटले नक्कली प्रमाणपत्रधारी कारबाहीबाट उम्कन सक्ने अवस्था उत्पन्न भएको छ । प्रवेशिकाको प्रमाणपत्रको सत्यापन (भेरिफिकेसन) गर्न पुगेकामध्ये कतिपयको नक्कली प्रमाणपत्र भएको पत्ता लागेपछि उनीहरूलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ ।

त्यस क्रममा प्रहरीको जिम्मा लगाइएका उनीहरूलाई मुद्दाको किनारा नलाग्दासम्म बिहान र साँझ प्रहरी चौकीमा खाना पु¥याउनुपर्ने हुन्छ । परीक्षा नियन्त्रण कार्यालय (पनिका) का पदाधिकारीहरूले भने खाना लगिदिने कर्मचारीको अभावले त्यस्ता व्यक्तिलाई प्रहरीको जिम्मा नलगाउने तर्क गर्ने गरेका छन् ।

पनिकाका अनुसार सत्यापनका लागि अचेल दैनिक डेढ सयदेखि तीन सयवटासम्म प्रमाणपत्र पेस हुने गरेको छ । तीमध्ये दैनिक एउटा वा दुईवटा प्रमाणपत्र नक्कली हुने गरेको छ । त्यस्ता प्रमाणपत्रधारीलाई ‘तपाईंको प्रमाणपत्र नक्कली हो, पुलिसलाई बोलाइदिऊँ ?’ भनेर पनिकाका कर्मचारीले भनेपछि उनीहरू तत्काल त्यहाँबाट भाग्ने गरेका छन् । त्यस्ता प्रमाणपत्र पनिकाको झ्यालबाट बुझाउँदा कतिपयले हेल्मेट र मास्कसमेत खोलेका हुँदैनन् । प्रमाणपत्र बुझाएको आधा घण्टाभित्रै सत्यापन गर्ने गरिएको छ ।

परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले नक्कली प्रमाणपत्र भएकाहरूलाई मुद्दा चलाउँदा त्यसको किनारा नलागुन्जेलसम्म भातभान्सा गराउनुपर्ने हुन्छ भन्दै थपे, “प्रत्येक दिनजसो नक्कली प्रमाणपत्र फेला पर्छ । मुद्दाको किनारा नलाग्दासम्म त्यस्ताहरू दैनिक थपिँदै जान्छन् । उनीहरूका लागि हाम्रा कर्मचारी प्रहरी चौकीमा दैनिक भात बोकेर जान समस्या छ । त्यसैले बदमासलाई समाएर कारबाही गर्न नसकिएको अवस्था हो । ”

अचेल जागिरमा आवेदन दिन विभिन्न संस्थाले प्रवेशिकाको प्रमाणपत्र पनि सत्यापन गराउनुपर्ने नियम बनाएका छन् । त्यसबाहेक वैदेशिक रोजगारीमा जाने वा विदेशमा अध्ययनका लागि जानेका लागि पनि यो अनिवार्य गरिएको छ । गाेरखापत्र दैनिकमा खबर छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -