काठमाडौं, २ साउन २०७६ । बिहीबार न्यायपरिषदको सिफारिसका आधारमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले २ सय ३४ न्यायाधीशको सरुवा गरेका छन् ।
न्यायपरिषदको सिफारिसका आधारमा उनले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशको सरुवा गरेका हुन् । सरुवा भएका न्यायाधीशहरूमा उच्च अदालतका ७८ रहेका छन् । त्यस्तै, जिल्ला अदालतमा कार्यरत १५६ न्यायाधीशको पनि सरुवा भएको हो ।
बिहीबार बसेको न्यायपरिषदको बैठकले एउटै अदालतमा दुई वर्ष पुगेका न्यायाधीशलाई अर्को अदालतमा सरुवा गर्ने निर्णय गरेको थियो । परिषदको सोही निर्णयका आधारमा प्रधानन्यायाधीश राणाले उनीहरूको सरुवा गरेका हुन् ।








































