काठमाडौं, १ साउन २०७६ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले बाढीपहिरो तथा डुबान पीडितका लागि सहयोग रकम संकलन गरेको छ ।

बुधबार काठमाडौंका नेपाल टार,बाइपास ,माछापोखरी लगायतका ठाउँमा सहयोग संकलन गरिएको हो । नगद र जिन्सी सहयोग गरिएको नेविसंघका निबर्तमान केन्द्रिय सदस्य शुशिल भट्टले बतायका छन् ।

सोमबार ४९५७१ हजार नगद र जिन्सी लत्ताकपडा राहत सहयोग संकलन भएको भट्टले बताउनु भयो ।संकलन भएको राहत पीडितसमक्ष वितरण गर्ने ने वि संघका निरन्जन थापाले जानकारी दिनुभयो ।

राहत अभियानमा विद्यार्थी नेताहरू शुशिल भट्ट , निरन्जन थापा, पबन थापा, सन्तोष गुरुङ , लक्ष्मी सिलबाल, स्बैछा उप्रेती इस्बर अधिकारी, सुबास घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

नेविसंघ पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले विज्ञप्ति जारी गरेर देशभरका नेविसंघलाई बाढीपहिरो र डुबान पीडित का उद्धार तथा राहत कार्यमा जुट्न आग्रह गरेका छन् ।
नेबि सघले देशभर राहत सकल अभियान सन्चालन गरेको छ ।








































