Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०३:३७ बिहान
- ADVERTISEMENT -

वर्षासँगैको विपत्ति : काभ्रे, रामेछाप, भोजपुर र ललितपुरमा गरी ६ जनाले ज्यान गुमाउनु पर्‍यो

प्रकाशित मिति: २०७६ असार २७, शुक्रबार

1081
Shares

काठमाडौं, २७ असार २०७६ । तीन दिनदेखि परेको अविरल वर्षाका कारण देशका अधिकांश क्षेत्र प्रभावित बन्नुका साथै विभिन्न जिल्लामा गरी हालसम्म ६ जनाले ज्यान गुमाएका छन् ।

अहिलेसम्म प्राप्त समाचारअनुसार रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर र ललितपुरमा गरी ६ जनाले जनाले ज्यान गुमाइसकेका छन् ।

ज्यान गुमाउनेमा काभ्रेको पनौतीमा घरमाथि पहिरो खस्दा दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते छन् । मृत्यु हुनेमा ५५ वर्षीया गोमा दंगाल र उनकी ७ वर्षीय नातिनी सोहनी रहेका छन् । यस्तै, रामेछापमा पनि पहिरोले पुरिएर रामपुरकी ४५ वर्षीया पदमकुमारी सुनुवारले ज्यान गुमाएकी छिन् ।

भोजपुरमा भेल घरभित्र पस्दा पर्खाल भत्किएर एकजनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा रामप्रसाद राई गाउँपालिका–७, बासिखोराका ६६ वर्षीय जगतबहादुर राई रहेका छन् । त्यस्तै, टेम्केमैयुङ गाउँपालिका–९, लेखर्कका १४ वर्षीय बालक जनक विकको दिसा बस्न गएको बेला चर्पीसहित पुरिएर घटनास्थलमै मृत्यु भएको छ ।

वर्षाकै कारण घर भत्किँदा ललितपुरको बागमती गाउँपालिका–२ बगुवामा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चलाल जिम्बाका ११ वर्षीय छोरासरोज जिम्बा रहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

1

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -