Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:२१:१९ बिहान
- ADVERTISEMENT -

उद्योगी व्यवसायीले सरकारले साना तथा घरेलु उद्योगप्रति चासो नदिएको आरोप

प्रकाशित मिति: २०७६ असार १४, शनिबार

745
Shares

काठमाडौं, १४ असार २०७६ । उद्योगी व्यवसायीले सरकारले साना तथा घरेलु उद्योगप्रति चासो नदिएको आरोप लगाएका छन् । उनीहरुले चर्को घरभाडा, कच्चापदार्थमा आयातमा असहज जस्ता समस्याहरु रहेको बताएका छन् । उद्योग दर्तालाई मात्रै प्राथमिकता दिने तर अन्य सुविधा नदिने भन्दै व्यवसायीले उद्योग बन्द गर्ने चेतावनी दिन थालेका छन् ।

नेपालमा हरेक बर्ष साना तथा घरेलु उद्योगको उत्पादन बढ्दो छ । तर यो क्षेत्रलाई सरकारले वेवास्ता गरेकोप्रति उद्योगी व्यवसायी चिन्तित छन् ।

औद्योगिक बस्तुले बजार नपाउनु, अनुदान, सहुलियत कर्जा, कच्चापदार्थको सहजता, दक्ष कालीगढ र चर्को घरभाडाका कारण यो क्षेत्र धारासायी भएको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवाल बताउँछन् । ‘७ वटै प्रदेशमा उद्योग स्थापना गर्ने सरकारी योजना छ ।’ उनले भने, ‘तर उद्योगी भने सरकारले उद्योगीलाई दिने सुविधा सिंहदरबारमै केन्द्रीत गरेको आरोप लगाउँदै आएका छन् ।’

उद्योग विभागको तथ्यांकअनुसार नेपालमा ४ लाख बढि साना तथा घरेलु उद्योग दर्ता छन् । तर अधिकांश उद्योग जीवन मरणको दोसाँधमा छन् । ठूला उद्योगीका कारण सरकारी सुविधाबाट बञ्चित भएको साना उद्योग बचाउन मुश्किल परेको उनिहरुको तर्क छ ।

घरेलु उद्योगको उत्पादनले विदेशी बस्तुसँग प्रतिष्पर्धा गर्नुपर्ने बाध्यता रहेको अर्का उद्योगी अर्जुन थापाको भनाई छ ।

नेपालका औद्योगिकमध्ये लगभग ९५ प्रतिशत घरेलु उद्योग छन् । नेपाली अर्थतन्त्रमा साना तथा घरेलु उद्योगको योगदान पनि उत्तिकै छ । नेपालमा चिया, कफी, गार्मेन्टस्, जुत्ता चप्पल, च्याङ्ग्रा पश्मिनाको उत्पादन बढि हुने गरेपनि बजारको समस्या रहेको उद्योगीको तर्क छ । तर उद्योग बिभागका निर्देशक प्रेमप्रसाद लुईटेल भने सरकारी कर्मचारी भने उद्योग क्षेत्रलाई तीनै तहको सरकारले उच्च प्राथमिकतामा राखेको दावी गर्छन् ।

उद्योगीलाई कच्चा पद्धार्थ र लगानीको चिन्ता छ भने अर्कोतिर कालीगढको समस्या रहेको गुनासो पछि गर्छन् । नेपालभित्रै २० देखि ६० हजारसम्म कमाउन सकिने भएपनि बैदेशिक रोजगारीको लागि विदेशिने युवाको संख्या दिनप्रतिदिन बढ्दो छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -