Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५७:३६ बिहान
- ADVERTISEMENT -

पृथ्वीराजमार्ग अन्तर्गत बैरेनी वजार क्षेत्र डुवानमा

प्रकाशित मिति: २०७६ असार १२, बिहीबार

1417
Shares

बैरेनी, १२ असार २०७६ । गल्छी गाउँपालिकाको केन्द्ररहेको बैरेनीवजारको दायाँबायाँको सडक खण्डमा भलबाढी बग्दा सडक नदी जस्तै हुन पुगेको हो । लेदो माटो सहितको बाढीले सवारी आवागमनमा समेत अवरोध पु¥याएको छ । राती देखि परिरहेको पानी विहान सम्म नरोकिएपछि वजार क्षेत्रमा डुवानको समस्या बढ्दै गएको हो ।

बैरेनी- झट्ट हेर्दा कुनै खोला बाट मोटर गुडिरहेको जस्तो देखिने यो दृश्य देशको सबैभन्दा ठूलो र व्यस्त पृथ्वीराजमार्गको धादिङको बैरेनी वजार क्षेत्रको हो । देशकै सबैभन्दा व्यस्त पृथ्वीराजमार्गको बैरेनी वजार क्षेत्रमा आज जताततै भलबाढीले राजमार्ग मात्रै होइन वजार क्षेत्रका दर्जनौ घर डुवानमा परेको छ ।  गल्छी गाउँ पालिका वडा नम्बर ६ मा पर्ने वागेश्वरी माध्यमिक बिद्यालय अघिल्तिरको यो दृष्य देख्दा पृथ्वीराजमार्ग होइन कुनै खोलाबाट मोटर गुडिरहेको जस्तो देखिन्छ ।

देशका ६७ जिल्लाका साथै छिमेकी देश भारतबाट स्थलमार्ग हुंदै नेपालको राजधानी आउने र राजधानी काठमाण्डौंबाट वाहिरिने हजारौं सवारी साधन गुड्ने राजमार्गको यो हालत गाउँपालिकाको बेहिसाव विकासले गर्दा हुन पुगेको हो । राजमार्गलाई छेडेर जथाभावी गाउँ तिर लगिएका ग्रामीण सडक, सडक भन्दा माथि तिर खोलिएका बालुवा उत्खनन केन्द्रका कारण भल बाढीले लेदो बगाउँदै राजमार्गमा ल्याई पु¥याएको हो ।

राजमार्गको आवागमननै ठप्प हुने गरी सडकमा भलबाढी पसेको आज पहिलो पटक भने होइन बर्षौ देखि यो समस्या कायमै रहेको छ । दिर्घकालिन सोच विना खनिएका सडकबाट बर्षातको बेला  गाउँ गाउँबाट माटो र ढुंगा बगाउँदै राजमार्गमा ल्याएर थुपार्ने गरेको छ । हरेक बर्ष सडक निर्माण, स्तरोउन्नती र मर्मत सम्भारको शिर्षकमा करोडौं खर्च गर्दै आई्रहेको गाउँपालिकाले सडकलाई बलियो बनाएर भलबाढी सिधै राजमार्गमा खस्ने कार्य रोक्न भने सकेको छैन ।

पृथ्वीराजमार्गको यो अबस्थाले गल्छी गाउँपालिकाको बिकासलाई झल्काईरहेको छ । गाउँमा जताततै खोलिएका सडकको लगानी बगेर अहिले राजमार्गमा आईपुगेको छ । हचुवाको भरमा ग्रामीण भेगमा जताततै डोजर लगाएर भूक्षय बढाउनु गाउँपालिकाको लागि सबै भन्दा ठूलो बिकास बनेको उदहारण पनि हो यो । बैरेनी वजारको गर्दो खोला देखि महेशदोभान सम्मको सडक हिलाम्मे हुनुमा मुख्य कारण सडक छेउको खोलाको निकास थुनिनु रहेको छ ।

खोला मिचेर यस क्षेत्रमा सर्यौ पक्की घर, टहरा, बिद्यालय, अन्य उद्योगहरुको लागि संरचना निर्माण गरिंदा पनि स्थानीय सरकार यस्तो गलत कार्य रोकथाममा निरिह बन्दै गईरहेको छ । शक्ति र बल मिच्याईको भरमा खोलाको धार नै परिवर्तन गराईदा पनि स्थानीय तहले रोकथामका लागि कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ । गाउँबाट झरेको भलबाढी राजमार्गमा खसेपछि सडकको आवागमन मात्रै रोकिएको छैन बैरेनी वजारका दर्जनों घरमा भलबाढी पसेर समस्या उत्पन्न भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -