Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३८:२५ दिउँसो
- ADVERTISEMENT -

अमेरिकाद्वारा इरानी अस्त्र प्रणालीमा साइबर हमला

प्रकाशित मिति: २०७६ असार ९, सोमबार

706
Shares

वाशिङ्टन, ९ असार २०७६ । राष्ट्रपति डोनल्ड ट्रम्पले हवाई आक्रमण गर्ने निर्णय फिर्ता लिएलगत्तै अमेरिकाले बिहीवार इरानी अस्त्र प्रणालीमा साइबर हमला गरेको अमेरिकाबाट प्रकाशित समाचारमा जनाइएको छ। अमेरिकी ड्रोनलाई गोली हानी खसाल्ने र अमेरिकी भनाइमा खाडीको जलक्षेत्रमा तेल ट्याङ्कहरूलाई आक्रमण गर्ने इरानी कदमविरुद्ध साइबर आक्रमण गरिएको न्यू योर्क टाइम्स पत्रिकाले जनाएको छ।

अमेरिकी साइबर हमलाले इरानी रकेट तथा क्षेप्यास्त्र नियन्त्रण गर्ने कम्प्युटर प्रणालीलाई निसाना बनाएर तिनलाई विफल तुल्याइदिएको वाशिङ्टन पोस्ट पत्रिकाले जनाएको छ। ती आक्रमणका कारण इरानी अस्त्र प्रणालीमा क्षति पुगे-नपुगेकोबारे स्वतन्त्र रूपमा पुष्टि भइसकेको छैन।

इरानविरुद्ध अमेरिकाले पनि प्रतिबन्धहरू लगाएको र ती “महत्त्वपूर्ण” भएको ट्रम्पको भनाइ छ। इरानलाई परमाणु अस्त्र बनाउनबाट रोक्न ती कदमहरू चालिएको उनको भनाइ छ।इरान र पश्चिमा शक्तिहरूबीच सन् २०१५ मा भएको परमाणु सम्झौताबाट अमेरिका पछि हटेपछि अमेरिका र इरानबीच तनाव चुलिएको छ।

अमेरिकाले इरानविरुद्ध प्रतिबन्धहरू लगाइदिएपछि इरानले आर्थिक कठिनाइ खेप्नुपरेको छ। गत साता इरानले आफ्नो परमाणु अस्त्र कार्यक्रम अघि बढिरहने बताएको थियो।

ट्रम्पले चाहिँ आफू इरानसँग युद्ध नचाहने तर कुनै द्वन्द्व भएमा इरानलाई “सखाप पारिने” चेतावनी दिइसकेका छन्।

समाचारसूत्रहरूले अमेरिकी सञ्चारमध्यमलाई बताएअनुसार साइबर आक्रमण गर्ने योजना केही साताअघि नै बनाइएका थिए।ओमानको खाडीमा तेल बोक्ने ट्याङ्कहरूलाई निसाना बनाउँदै आक्रमणहरू भएपछि त्यसो गर्ने सुझाव दिइएको बुझिएको छ।

वाशिङ्टन पोस्ट र एपी समाचार संस्थाले बताएअनुसार साइबर आक्रमणले इरानी कम्प्युटर प्रणालीलाई काम नलाग्ने तुल्याइदिएको छ। न्यू योर्क टाइम्सका अनुसार ती आक्रमणले कम्प्युटर प्रणालीलाई निश्चित अवधिको लागि अफ्लाइन अर्थात् सम्पर्कविहीन तुल्याइदिएको थियो।शनिवार अमेरिकी गृह मन्त्रालयले इरानले अमेरिकी कम्प्युटर प्रणालीमा साइबर आक्रमण गर्ने प्रयास गरिरहेको बताएको थियो। वाशिङ्टन पोस्ट पत्रिकाका अनुसार इरानले अमेरिकी जलसेनाका जहाजका कम्प्युटर प्रणालीमा ह्याक गर्ने अर्थात् अनधिकृत रूपमा प्रवेश गर्ने प्रयास गरिरहेको थियो।

ती आक्रमणले अमेरिकी ड्रोन र खाडीमा ट्याङ्करहरूलाई आक्रमण गर्ने इरानको इस्लामिक रेभोल्युशनरी गार्ड कोरले प्रयोग गर्ने अस्त्र प्रणालीलाई निसाना बनाएको बताइएको छ।

ट्रम्पले साइबर हमलाका विषयमा कुनै प्रतिक्रिया दिइसकेका छैनन्। शुक्रवार उनले इरानमा १५० जनाको ज्यान जाने जोखिम रहेकोले आफूले गर्न लागेको परम्परागत सैन्य आक्रमणको योजनालाई त्यागेको बताएका थिए।

शनिवार उनले फेरि आफू इरानसँग वार्ता गर्नको लागि तयार रहेको बताए।उनले भने, “यदि इरान समृद्ध देश बन्न चाहन्छ भने मलाई उचित लाग्नेछ। तर पाँच-छ वर्षमा परमाणु अस्त्र बनाएर आफू समृद्ध हुन्छु भनेर इरानले नसोचे पनि हुन्छ।”

आफ्नो पुरानो चुनावी नाराकै शैलीमा उनले भने, “इरानलाई फेरि ठूलो बनाऔँ।” गत वर्ष अमेरिकाले इरानको ऊर्जा, जलयातायात र वित्तीय क्षेत्रमा प्रतिबन्धहरू लगाइदिएपछि त्यहाँ वैदेशिक लगानी ठप्प हुन पुगेको छ।

इरानको तेल निर्यात पनि त्यसबाट प्रभावित हुन पुगेको छ।ती प्रतिबन्धका कारण कुनै पनि अमेरिकी कम्पनीले इरानसँग व्यापार गर्न पाउँदैनन्। उनीहरूले इरानसँग कारोबार गर्ने विदेशी कम्पनीहरूसँग पनि व्यापार गर्न पाउँदैन, त्यसैले गर्दा इरानमा विदेशी सामानको प्रयोग गरी बनाइने सामानको चरम अभाव भइरहेको छ।

त्यसमा बच्चाहरूले प्रयोग गर्ने न्यापी पनि पर्छ। प्रतिबन्धका कारण इरानी मुद्रा रियालको अवमूल्यन भइरहेको छ र स्थानीय बजारमा मूल्यवृद्धि भइरहेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -