Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२४:१३ दिउँसो
- ADVERTISEMENT -

उपचारका क्रममा रेशम चौधरीको खुट्टामा लगाइएको साङ्लो हटाइयो

प्रकाशित मिति: २०७६ असार ७, शनिबार

944
Shares

काठमाडौं, ६ असार २०७६ । उपचारका लागि वीर अस्पतालमा भर्ना भएका सांसद रेशम चौधरीको खुट्टामा लगाइएको साङ्लो हटाइएको छ।

संविधान घोषणा हुनु एक महिनाअघि भएको टीकापुर घटनाको अभियोगमा जेल परेका चौधरीलाई उपचारका क्रममा पनि १४ किलोको साङ्लो बाँधिएको थियो। साङ्लो बाँधिएको तस्बिर सार्वजनिक भएसँगै चौतर्फी विरोध भएको थियो। उनलाई लगाइएको साङ्लो शुक्रबार बेलुका नै हटाइएको छ।

यसैबीच, साङ्लो लगाउने कार्यमा संलग्नलाई कारबाही गर्न प्रधानमन्त्री केपी ओलीले निर्देशन दिएका छन्। ‘उपचारका लागि लैजाँदा जसले साङ्लो बाँधे, उनीहरुलाई कारबाही गर्न प्रधानमन्त्रीले मुख्य सचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिनुभएको छ’, प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले भने।

फोक्सो र बोनम्यारोमा समस्या देखिएपछि चौधरीलाई वीर अस्पताल भर्ना गरिएको हो। कम्मर र ढाडमा दुखाई भएपछि उनले अहिले फिजियो थेरापीसमेत गराउँदै आएका छन्। स्थिति सामान्य भए पनि उनी अस्पतालमा बैसाखीकाे सहारामा आएका थिए।

थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कैलालीमा ८ प्रहरी अधिकारीसहित ९ जनाको ज्यान जाने गरी भएको टीकापुर काण्डका मुख्य दोषी ठहर भएका चौधरी यतिबेला कैद भुक्तान गरिरहेका छन्।कैलाली जिल्ला अदालतले कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएकाे थियाे।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -