Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:०२:४३ बिहान
- ADVERTISEMENT -

बढ्दो वायु प्रदूषणबाट स्वास्थ्यजन्य समस्या जटिल बन्दै

प्रकाशित मिति: २०७६ जेठ ३२, शनिबार

913
Shares

ललितपुर, ३२ जेठ २०७६ । परम्परागत इन्धनको प्रयोग, सवारी साधनको चाप, जथाभावी कृषि अवशेष जलाउने र निर्माण सामग्री एवं उद्योग कलकारखानाबाट निस्कने धुलो धुवाँको कारण बढ्दो वायु प्रदूषणबाट नेपालजस्ता कम विकसित राष्ट्रहरुमा स्वास्थ्यजन्य समस्या जटिल बन्दै गएको विज्ञहरुले बताएका छन् ।

एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) र बेलायतस्थित नोटिङ्घम विश्वविद्यालयद्वारा आयोजित नेपाललगायत हिन्दूकुश हिमालय क्षेत्रमा वायु प्रदूषण र स्वास्थ्य विषयक क्षेत्रीय कार्यशालामा सहभागी विज्ञहरुका अनुसार यस क्षेत्रमा वायु प्रदूषणको स्थिति जटिल रहेको र यसले मानव स्वास्थ्यमा अनेक समस्या ल्याएको छ ।

विश्व स्वास्थ्य सङ्गठनबाट वर्षेनी लगभग ७० लाख मानिसको मृत्यु हुने गर्दछ भने २४ लाख मानिसको मृत्यु ह्रदयाघात र १४ लाख मानिसको मृत्यु मस्तिस्कघातबाट हुने गरेको छ । विश्वमा ९१ प्रतिशत मानिस वायु प्रदूषणको चपेटामा रहेको र त्यसको ठूलो हिस्सा कम आय भएका मुलुकमा रहेको जनाइएको छ ।

नेपालमा अहिले पनि खाना पकाउने प्रयोजनमा झण्डै ७६ प्रतिशत वायोमासको प्रयोग रहेकाले यसले घरभित्रको वायु प्रदूषणलाई बढाई श्वासप्रश्वास, दम, खोकी, क्यासन्सरलगायतका नसर्ने रोगबाट १२ हजार मानिसको मृत्यु हुने गरेको कार्यशालामा जानकारी दिइयो । घरभित्रको वायु प्रदूषणको शिकार बढी मात्रामा महिला र बालबालिका हुने गरेका छन् ।

कार्यशालामा डा ओमप्रकाश कुर्मीले शहरी क्षेत्रमा बाह्य र ग्रामीण क्षेत्रमा घरभित्रको वायु प्रदूषणको समस्या जटिल रहेको र यसबाट अकालमै मर्नेहरुको सङ्ख्या बढ्दै गएको भएपनि यसलाई नियन्त्रण गर्नेतर्फ सरकारहरुले ध्यान दिन नसकेको बताउनुभयो । ‘‘स्वच्छ ऊर्जाको प्रयोग, गाडीको सङ्ख्या कम गर्ने तथा विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने, उद्योगधन्दाहरुमा प्रदूषणरहीत उपकरणको प्रयोगमा ध्यान दिनु आवश्यक छ’’, उहाँले भन्नुभयो ।

बरिष्ठ चिकित्सक डा मृगेन्द्रराज पाण्डेले सन् १९८४ मा आफूले जुम्लामा गरेको अध्ययनमा घरभित्रको वायु प्रदूषणका कारण दम, खोकीलगायतका रोगको सङ्क्रमण बढी पाएको र यो अवस्था अहिले पनि यथावत रहेको भन्दै यसलाई कम गर्नेतर्फ राज्यले स्वच्छ ऊर्जाको प्रयोगमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

नोटिङ्घम विश्वविद्यालय डा चालोट्ले बोल्टनले वायु प्रदूषणले जनस्वास्थ्य र वातावरणमा मात्र प्रतिकूल असर गर्ने नभई देशको सामाजिक–आर्थिक विकासमा अवरोध ल्याउने हुँदा यसतर्फ सरकारहरुले ठोस कार्यक्रम र योजना ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले वायु प्रदूषणका कारण वार्षिक ५० अर्ब अमेरिकी डलरबराबरको वातावरणीय नोक्सानी हुने गरेको र अनेक रोगव्याधीका कारण त्योभन्दा बढी रकम खर्च भएको उल्लेख गर्नुभयो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका डा मेघनाथ धिमालले नेपालमा वायु प्रदूषणले स्वास्थ्य क्षेत्रमा पारेका असरबारे केही अध्ययनहरु भएपनि विस्तृत अध्ययनको खाँचो रहेको उल्लेख गर्दै समस्याको समाधानका लागि सबै पक्षको सामूहिक प्रयासको खाँचो औँल्याउनुभयो ।

हिन्दूकुश हिमालय क्षेत्रमा बढ्दो वायु प्रदूषणको समस्या समाधानका लागि सामूहिक प्रयासको खोजी गर्दै वायु प्रदूषणको गुणस्तर र अनुसन्धानबीच रहेको अन्तरको पहिचान गरी आगामी दिनमा सहयोग, समन्वय बढाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको इसिमोडका भूपेश अधिकारीले बताउनुभयो । दुई दिनसम्म सञ्चालन भएको कार्यशालामा नेपाललगायत भुटान, भारत, श्रीलङ्का र पाकिस्तानका चिकित्सक, वैज्ञानिक, समाजशास्त्री र नीति निर्माता गरी ६० जनाको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -