Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३४:४४ बिहान
- ADVERTISEMENT -

जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रणाली सुदुर पश्चिम नेपालबाट प्रवेश

प्रकाशित मिति: २०७६ जेठ २९, बुधबार

4164
Shares

काठमाडौं, २९ जेठ २०७६ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रणाली सुदुर पश्चिम नेपालबाट प्रवेश गरेको केहीबेर अघि जानकारी गराएको छ ।

मौसमविद् समीर श्रेष्ठले बाह्रखरीलाई जानकारी गराएअनुसार बिहान सबेरै भारतको उत्तराखण्डमा रहेको सो वायु अहिले नेपालतर्फ छिरेको हो । उक्त वायु ४०–५० किमी प्रतिघण्टाको दरले बहेको जनाउँदै मौसमविद् श्रेष्ठले संरचना कमजोर भएको अवस्थामा असर गर्न सक्ने भएकोले सतर्क रहनुपर्ने जनाएका छन् ।

यो प्रणालीले हावाहुरीसहित मेघ गर्जन गराउने र मध्यम खालको वर्षा गराउने सम्भावना रहेको समेत पूर्वानुमान महाशाखाले जनाएको छ ।

उनका अनुसार सामान्य जस्ताको छानो छ भने उडाउने सम्भावना समेत हुन सक्छ । उनले सो वायु मध्यपश्चिमसम्म आउने र त्यसपछि उत्तरपूर्व अर्थात तिब्बततिर लाग्ने अपेक्षा गरिएको समेत जनाए । सो वायु छिटपुट वर्षासँगै आउने र वायु गइसकेपछि थप वर्षाको सम्भावना रहेको जनाइएको छ ।

सुदूरपश्चिममा हावाहुरी चलिरहेको र हल्का वर्षा भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्‍नेतले जानकारी दिए ।  यसअघि २३ जेठमा आएको हावाहुरीले ठूलो धनजनको क्षति गरेको थियो । जसमा दुईजनाको ज्यान जानुका साथै एक सय बढी घाइते भएका थिए । त्यहाँ हावहुरीले रुखढलेर विद्युतका पोलहरु खस्दा विद्युत अवरुद्ध भएको छ । आजसम्म पनि ग्रामिण क्षेत्रमा विद्युत सेवा सुचारु हुन सकेको छैन ।

महाशाखाका अनुसार आज दिउँसो देशका पश्चिमी भूभागहरूमा सामान्य देखि पूर्ण बदली रहने र पूर्वी र मध्य भूभागहरूमा आंसिक देखि सामान्य बदली रहने जनाइएको छ ।  पूर्वी तथा मध्य  भूभागका थोेरै स्थान  र पश्चिमी भूभागका केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाइएको छ ।

भोलि बिहीबार पनि देशभरी नै आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्य भूभागका केही स्थानहरुमा  र पश्चिमी पहाडी भूभागका केही  स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जनाइएको छ । त्यस्तै शुक्रबार पनि देशका विभिन्न भागमा आंशिक बदली रहने र मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -