Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१०:३४ बिहान
- ADVERTISEMENT -

विज्ञापन रद्द हुँदैन : मन्त्री पण्डित

प्रकाशित मिति: २०७६ जेठ २९, बुधबार

754
Shares

काठमाडौँ, २९ जेठ २०७६ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहमा कर्मचारी भर्ना गर्न लोकसेवाले प्रकाशित गरेको विज्ञापन मन्त्रालयले तत्काल रोक्ने सम्भावना नरहेको बताएका छन् । विज्ञापन रद्द गर्न राज्य व्यवस्था तथा सुशासन समितिले गरेको निर्देशनको अन्तिम व्याख्या अदालतले गर्ने उनले प्रस्ट्याए ।

सञ्चार केन्द्र नेपालद्वारा मंगलबार काठमाडौंमा आयोजित छलफलमा बोल्दै पण्डितले संविधान, कर्मचारी समायोजन ऐन र स्थानीय तहले गरेको संगठन तथा व्यवस्थापन सर्वेषण (ओएण्डएम) अनुसार लोकसेवाले विज्ञापन निकालेको उनले बताए । उनले मन्त्रीको कुरै नसुनी राज्य व्यवस्थाले निर्देशन तयार गरेको प्रसंग जोड्दै भने, ‘त्यो निर्णय ठीक छ, छैन उसैले जवाफ दिनेछ ।’ उनले थपे, ‘आफ्नो निर्णय उ आफैंले पुष्टि गर्छ ।’

मन्त्री पण्डितले निर्देशनको बारेमा आयोग र समितिमा तत्काल कुनै पत्राचार नगर्ने भन्दै संवैधानिक संकट देखिए यसको छिनोफानो अदालतले गर्ने बताए । उनले भने, ‘अदालतले दिएको निर्देशन मन्त्रालयले पालाना गर्छ ।’ उनले विज्ञापन पूर्णरुपमा कानुनसम्मत रहेको दाबी पनि गरे ।

सञ्चार केन्द्र नेपालद्वारा मंगलबार काठमाडौंमा आयोजित छलफलमा बोल्दै पण्डितले संविधान, कर्मचारी समायोजन ऐन र स्थानीय तहले गरेको संगठन तथा व्यवस्थापन सर्वेषण (ओएण्डएम) अनुसार लोकसेवाले विज्ञापन निकालेको उनले बताए । उनले मन्त्रीको कुरै नसुनी राज्य व्यवस्थाले निर्देशन तयार गरेको प्रसंग जोड्दै भने, ‘त्यो निर्णय ठीक छ, छैन उसैले जवाफ दिनेछ ।’ उनले थपे, ‘आफ्नो निर्णय उ आफैंले पुष्टि गर्छ ।’

कार्यक्रममा आयोगका पूर्वसदस्यद्वय टीकादत्त निरौला र प्राध्यापक भिमदत्त भट्ट, पूर्वप्रशासक भीम उपाध्याय र राजधानी दैनिकका कार्यकारी सम्पादक लगायतले समितिको निर्देशन गलत भएको बताए । उनीहरुले आयोगलाई विवादमा तानेको भन्दै चिन्ता व्यक्त गरे । ‘संवैधानिक र कानुनी हिसाबले निर्देशन ठीक छैन,’ उनीहरुले भने ।

मन्त्री पण्डितका अनुसार सोमबार बेलुकीसम्ममा ८० हजार १ सय ४० जनाले लोकसेवाको फारम भरेको जानकारी दिनु भयो  ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -