Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:४४:३८ बिहान
- ADVERTISEMENT -

विप्लव लडाकु दस्ताको शंकास्पद गतिविधि १४ जिल्लामा

प्रकाशित मिति: २०७६ जेठ २३, बिहीबार

1128
Shares

रुकुम, २३ जेठ २०७६ । पछिल्लो समयमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका लडाकु दस्ताको शंकास्पद गतिविधि देशको १४ जिल्लामा देखिएको सुरक्षा निकायले जनाएको छ ।सुरक्षा निकायलाई प्राप्त ‘इन्टेलिजेन्स रिपोर्ट’ अनुसार पहाडी र चुरे क्षेत्रसँग जोडिएका जिल्लामा विप्लव समूहका लडाकु देखिएका हुन् ।

सुरक्षा अधिकारीका अनुसार बर्दिया, भोजपुर, अछाम, सोलुखुम्बु, संखुवासभा, रुकुममा लडाकु समूहले आफ्ना गतिविधि बढाउँदै लगेको छ । यस्तै कालीकोट, जुम्ला, जाजरकोट, मोरङ, उदयपुर, रोल्पा, कालीकोट र कैलालीमा पनि विप्लव समूहले हतियारसहितका गतिविधि गर्न थालेको पाइएको ती अधिकारीले बताए ।लडाकु समूहमा पूर्व लडाकु, युवा, विद्यार्थी छन् ।

महिलाको संख्या निकै कम छ । राति गाउँमै खाना खाएर पार्टी सदस्यता विस्तार गर्ने लगायतका काम लडाकु समूहले गर्ने गरेको सुरक्षा निकायको भनाइ छ । तीन साता अघिमात्रै सिन्धुलीको एक गाउँमा राति नौ बजेपछि विप्लव समूहका लडाकु घरघरमा पसेर खाना पकाउन स्थानीयलाई आग्रह गरेको स्थानीयले बताएका छन् ।

रातको समयमा सुरक्षाकर्मीको सहज उपस्थिति नभएका इलाकाहरुमा उनीहरु हतियारसहित देखा परेको बताइएको छ । एक उच्च सुरक्षा अधिकारीले भने, ‘विप्लव समूहको हतियासहितको गतिविधि बढेको सूचनापछि जनशक्ति बढाएका छौं । शंकास्पद स्थानमा छापा, जंगलमा सर्च अभियान पनि चलाएका छौं ।’

फागुन अन्तिम साता सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि उनीहरु सार्वजनिक रुपमा देखिन छाडेका छन् । कालीकोट, जाजरकोटलगायत जिल्लामा जनसकारको नामबाट उनीहरुले स्थानीय निकायलाई तोकेरै चन्दाको मागसमेत गरेका छन् । सुरक्षा अधिकारीका अनुसार विप्लव समूहले पहाडी जिल्लामा प्रहरीमाथि भौतिक कारवाहीसम्मको योजना बनाएका छन् । तर, विप्लव समूहले सुरक्षा फौजमाथि आक्रमणको नीति नलिएको दाबी गर्दै आएको छ । एक प्रहरी अधिकारीले भने, ‘गस्तीमा गएको प्रहरीमाथि भीरबाट ढुङ्गा खसाल्ने, प्रहरी भ्यानमा बम हान्ने, ठाउँ–ठाउँमा विस्फोट गर्ने अनि आक्रमणको योजना छैन भन्ने ?’

विप्लव समूहका तीनवटा मात्रै भनिएको कमान्ड संरचना चारवटा बनाइएको छ । एक नेताका अनुसार चारवटै कमान्डको इन्चार्जसमेत हालौमात्र फेरबदल गरिएको छ । पूर्वी कमान्डको जिम्मेवारी सन्तोष बुढामगरलाई दिइएको छ । यसअघि पूर्वी कमान्ड इन्जार्ज अनिल शर्मा थिए । यस्तै मध्यकमान्डको जिम्मेवारी खड्गबहादुर विश्वकर्मालाई दिइएको छ ।

विप्लव समूहका गतिविधिबारे नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले गोप्य सूचना संकलन गरी प्राप्त विवरणको विश्लेषणबाट आन्तरिक सुरक्षामा चुनौती थपिएको निष्कर्ष निकालेका छन् ।कर्णाली प्रदेशका कतिपय स्थानीय तहमा विप्लव समूहले कुल बजेटको दुई प्रतिशत बजेट आफ्नो जनसरकारका लागि छुट्याउन चेतावनी दिएका छन् ।

प्रहरी अधिकारीका अनुसार निर्वाचनपछि विप्लवले संगठन विस्तारमा तिव्रता दिएका छन् भने चन्दा आतंक डरलाग्दो रुपमा जारी राखेका छन् । प्रतिबन्धपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले एक्लाएक्लै र संयुक्त रुपमा ‘सर्च एन्ड अरेस्ट अपरेसन’ सुरु गरेको थियो । ‘सर्च एन्ड अरेस्ट अपरेसन’ चलाएपछि सबैजसो नेता–कार्यकर्ताले सदरमुकाम र गाउँ छाडेका छन् ।

मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश वली पक्राउ परेपछि विश्वकर्मालाई नयाँ जिम्मेवारी दिइएको हो । लुम्बिनी, धौलागिरी र गण्डकी कमान्डको इन्चार्जमा विप्लवकै ठूलो दाइ चन्द्रबहादुर चन्द ‘वीरधन’ र कर्णाली, भेरी, राप्ती र सुदूरपश्चिम कमान्डको जिम्मेवारी धर्मेन्द्र बास्तोलालाई दिइएको छ । तत्कालीन नेकपा माओवादीले युद्धकालीन समयमा बनाएको पार्टी संरचनाअनुसार नै विप्लव समूह अगाडि बढेको बताइएको छ ।

प्रहरी अधिकारीका अनुसार विप्लव लगायतका सबै शीर्ष नेता भूमिगत छन् । यसअघि गाउँमा रहेका नेता–कार्यकर्ता सुरक्षा कारबाहीबाट बाच्नका लागि विकट ग्रामीण इलाका, चुरे पहाडको क्षेत्र र जंगलमा लुक्न थालेका छन् । पार्टीका बैठक, भेला र प्रशिक्षण पनि जंगलमै हुने गरेको छ । सबैको नेताको मोबाइल फोन स्विचअफ गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -