Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:२७:११ दिउँसो
- ADVERTISEMENT -

कर्मचारीको गुनासो जेठ भित्रसम्ममा सम्बोधन गरिने

प्रकाशित मिति: २०७६ जेठ २१, मंगलबार

1255
Shares

काठमाडौँ, २१ जेठ २०७६ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजनमा असन्तुष्टि जनाउनेको गुनासो यही महिनाभित्र सम्बोधन गर्ने भएको छ ।

सरकारले गएको चैतमा सङ्घमा ३९ हजार ९६०, प्रदेशमा १३ हजार ८२१ तथा स्थानीय तहमा ५१ हजार ४५७ कर्मचारी समायोजन गरेको थियो । समायोजन गरेका कर्मचारीले आफूलाई ‘कर्मचारी समायोजन ऐन-२०७५’ अनुसार समायोजन नगरिएको भन्दै निवेदन दिएका थिए ।

समायोजनप्रति असन्तुष्टि जनाउँदै आएका करिब १३ हजार कर्मचारीको गुनासोलाई यही महिनाभित्र सम्बोधन गरिने मन्त्रालयका प्रवक्ता भुपाल बरालले जानकारी दिनुभयो ।

प्रवक्ता बरालले सेवागत रूपमा उप-सचिवको संयोजकत्वमा गठित ११ सदस्यीय कार्यदलले गुनासोलाई सम्बोधन गरिरहेको बताउनुभयो । “समायोजन ऐनले गुनासोलाई कसरी सम्बोधन गर्ने भनेर उल्लेख नगरिएकाले प्रत्येक गुनासोलाई हेर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “अहिले हामी गुनासा सम्बोधन गर्ने अन्तिम चरणमा छौँ ।”

मन्त्रालयले समायोजनमा परेका कर्मचारीका गुनासा सम्बोधन गर्न स्थापना गरेको ‘गुनासो सहयोगी कक्ष’ स्थापना गरी निवेदन माग गरेको थियो । मन्त्रालयले निजामती सेवा र स्वास्थ्य सेवा समूहतर्फको छुट्टाछुट्टै कक्ष स्थापना गरी गुनासो सङ्कलन गरेको थियो ।

सहयोगी कक्षमा समायोजन भएका कर्मचारीले श्रीमान्श्री-मती एकै ठाउँमा नपरेकादेखि समायोजन गर्दा स्तरोन्नति नभएको भनेर संशोधनका लागि निवेदन दर्ता गराएका छन् ।

त्यसैगरी, अपाङ्गता भएका व्यक्तिले पायक पर्ने ठाउँमा समायोजन नगरिएको, समायोजनमा नाम छुटेको, रोजेको ठाउँ रिक्त राखी अन्यत्र समायोजन गरिएको जस्ता गुनासा पनि कर्मचारीले दर्ता गराएका छन् । दीर्घरोगी भएका कर्मचारीले चिकित्सकको सिफारिशसमेत निवेदनमा उल्लेख गर्दै समायोजन भएको ठाउँमा जान नसकिने र पुरानै ठाउँमा आफूलाई समायोजन गर्नुपर्ने निवेदन दिएका छन् ।

गुनासो सम्बोधन नहुँदासम्म कर्मचारी यथास्थानमा

कर्मचारीका गुनासा सम्बोधन नहुँदासम्म पहिलेकै ठाउँमा रहेर कर्मचारीले काम गरिरहेका छन् ।

प्रवक्ता बरालले गुनासो सम्बोधन पछि ती कर्मचारीलाई समायोजनको पत्र दिइने बताउनुभयो । सुनुवाइ समितिले कानूनबमोजिम समायोजन भएका कर्मचारीलाई संशोधन आवश्यक भए सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको संयोजकत्वमा गठित समायोजन निर्देशन समितिलाई सिफारिश गर्नेछ ।

करीब १३ हजार कर्मचारीले गुनासो सम्बोधन नभएका कारण समायोजनको पत्र नै पाएका छैनन । समायोजन गरे पनि पत्र दिने बेलामा गुनासो कक्षमा निवेदन दर्ता गरेपछि ती कर्मचारीको समायोजन हुन नसकेको हो ।

समायोजन नहुँदा स्वास्थ्य सेवाको विज्ञापन नगरिएको

स्वास्थ्य सेवातर्फको समायोजन नहुँदा स्थानीय तहमा विज्ञापन नगरिएको प्रवक्ता बरालले बताउनुभयो ।

“स्थानीय तहमा स्वास्थ्य सेवाको समायोजन गरिए पनि गुनासो आएकाले पत्र दिएका छैनौँ”, उहाँले भन्नुभयो, “चाँडै नै गुनासोलाई सम्बोधन गरी पत्र दिइनेछ । स्थानीय तहमा स्वास्थ्य सेवा समूहको पनि विज्ञापन गरिनेछ ।” लोकसेवा आयोगले गत माघ १५ गते स्थानीय तहको नौ हजार १६१ पदको विज्ञापन गरे पनि स्वास्थ्य सेवा समूहको भने विज्ञापन गरेको छैन ।

उहाँले स्वास्थ्य सेवाका गुनासोलाई चाँडै सम्बोधन गरेर समायोजन गरेपछि स्थानीय तहसँग स्वास्थ्य सेवाको दरबन्दी माग गरिने बताउनुभयो ।
रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -