३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको प्रस्तावित चीन भ्रमण अब सेप्टेम्बरको दोस्रो सातामा हुने भएको छ। यसअघि अगस्टको दोस्रो सातातिर भ्रमण गर्ने तयारी भए पनि आन्तरिक तयारीलगायतका कारण मिति पछि सारिएको स्रोतले जनाएको छ।
भ्रमणका क्रममा लामिछाने तिब्बतस्थित मानसरोवर जाने कार्यक्रमसमेत तय भएको एक उच्च सरकारी अधिकारीले बताएका छन्। यसअघि मानसरोवर जाने वा नजाने विषयमा टुंगो लागेको थिएन।
स्रोतका अनुसार चीन भ्रमणका क्रममा लामिछानेले चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा सरकारका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने तयारी छ। यद्यपि, चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भने भेट हुने सम्भावना नरहेको बताइएको छ।
यसअघि भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका लामिछानेले चीनमा पनि उच्चस्तरीय भेटवार्ता गर्ने वातावरण बनाउन प्रयास गरिरहेका छन्। परराष्ट्र मन्त्रालयका स्रोतका अनुसार त्यसका लागि आवश्यक तयारी भइरहेको छ।









































