रौतहटको अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा फतुवा विजयपुर नगरपालिका–५ सन्तपुर टोल निवासी शेख मुन्नाका छोरा शेख तमिन रहेका छन्। उनी शनिबार दिउँसो फतुवा विजयपुर नगरपालिका–६ मन्जुरघाटस्थित अरुवा खोलामा नुहाउने क्रममा डुबेका थिए।
घटनापछि उनको उद्धार गरिए पनि ज्यान जोगाउन नसकिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमले जानकारी दिए।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।








































