Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:११:३६ बिहान
- ADVERTISEMENT -

वैदेशिक रोजगारीमा रहेकाको नक्कली फेसबुक अकाउन्ट बनाएर साढे २ लाख ठगी गर्ने दुई पक्राउ

प्रकाशित मिति: २०८३ साउन ६, बुधबार

115
Shares

नेपाल प्रहरीले वैदेशिक रोजगारीमा रहेका व्यक्तिको नक्कली फेसबुक अकाउन्ट बनाएर अनलाइन ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा र बाराका दुई युवक रहेका छन् ।

पक्राउ पर्नेमा बारा प्रसौनी गाउँपालिका-१ का २० वर्षीय जस्मुदिन अन्सारी र पर्सा बहुदरमाई नगरपालिका-१ का २० वर्षीय विशाल पटेल छन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका-८ बाट शनिबार पक्राउ गरेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार उनीहरूले वीरगञ्ज महानगरपालिका-१६ का ४९ वर्षीय शिव पुजन बैठाको घरमा डेरा बसी ठगी धन्दा चलाइरहेका थिए ।

कसरी भयो ठगी ?

पक्राउ परेका दुवै जनाले हाल बेलायतको लन्डनमा वैदेशिक रोजगारीमा रहेका रौतहटका एक व्यक्तिको तस्बिर प्रयोग गरी नक्कली फेसबुक अकाउन्ट र मेसेन्जर आईडी बनाएका थिए ।

उक्त नक्कली अकाउन्टमार्फत उनीहरूले घरभेटी शिव पुजन बैठालाई बेलायतमा रहेका पीडितसँगै कुराकानी भइरहेको विश्वास दिलाए । ‘विश्वासिलो’ कुराकानीको जालमा पारेर उनीहरूले बैठाबाट पटक-पटक गरी २ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

यस घटनामा पक्राउ परेका दुवै जनाविरुद्ध ठगी सम्बन्धी कसुरमा जिल्ला अदालत पर्साबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -