सिम्पानी अनलाइन | नवलपुर
नवलपुरको गैंडाकोट नगरपालिका–२ निवासी २८ वर्षीया सन्तोषी श्रेष्ठ विगत दुई दिनदेखि सम्पर्कविहीन रहेकी छन्। परिवारका अनुसार उहाँ असार १४ गते साँझदेखि बेपत्ता हुनुभएको हो।
उहाँले प्रयोग गर्दै आउनुभएको बा.प्र. ०६–००१ प १४९९ नम्बरको स्कुटर देवघाटस्थित हनुमानचोकमा पार्किङ गरिएको अवस्थामा फेला परेको भए पनि उहाँको हालसम्म कुनै अत्तोपत्तो लाग्न सकेको छैन।
घटनापछि परिवार गहिरो चिन्ता र मानसिक पीडामा रहेको बताइएको छ। परिवारले सम्बन्धित निकाय तथा सर्वसाधारणसँग खोजी कार्यमा सहयोग गरिदिन हार्दिक अनुरोध गरेको छ।
यदि कसैले सन्तोषी श्रेष्ठलाई कतै देख्नुभएको छ वा उहाँको बारेमा कुनै जानकारी प्राप्त गर्नुभएको छ भने तत्काल नजिकको प्रहरी कार्यालय वा ९८५५०५९८५३ नम्बरमा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ।
सिम्पानी अनलाइनले पनि सम्पूर्ण पाठक तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई यो सूचना बढीभन्दा बढी सेयर गरी हराएकी युवतीलाई सकुशल परिवारको सम्पर्कमा ल्याउन सहयोग गरिदिन अनुरोध गर्दछ।








































