Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०७:३४ दिउँसो
- ADVERTISEMENT -

प्रकाशित मिति: २०८३ असार १०, बुधबार

47
Shares

चुमनुब्री गाउँपालिकाले सर्वसाधारण नागरिकहरूका लागि विभिन्न महत्वपूर्ण बुँदाहरूमा ध्यानाकर्षण गराउँदै विशेष अनुरोध जारी गरेको छ। पालिकालाई समृद्ध, स्वच्छ र व्यवस्थित बनाउने अभियानमा साथ दिन स्थानीय सरकारले सम्पूर्ण नगर/गाउँवासीमा अपिल गरेको हो।

पालिकाद्वारा जारी सूचनामा उल्लेख गरिएका मुख्य बुँदाहरू यस प्रकार छन्:

  • समयमै राजश्व बुझाऔं: पालिकालाई बुझाउनुपर्ने घरजग्गा कर, मालपोत दस्तुर, व्यवसाय कर लगायतका सम्पूर्ण राजश्व समयमै बुझाएर जिम्मेवार नागरिकको परिचय दिन अनुरोध गरिएको छ।
  • ३५ दिनभित्रै घटना दर्ता: जन्म, मृत्यु, विवाह, बसाइँसराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरू घटेको ३५ दिनभित्र अनिवार्य रूपमा स्थानीय वडा कार्यालयमा दर्ता गर्न सम्झाइएको छ।
  • सार्वजनिक सम्पत्तिको संरक्षण: आफ्नो क्षेत्रमा रहेका सार्वजनिक जग्गा र सम्पत्तिको संरक्षणमा स्थानीय तहलाई पूर्ण सहयोग गर्न नागरिकहरूलाई आग्रह गरिएको छ।
  • फोहोरमैला व्यवस्थापन र सडक बाधा: आफ्नो घर-आँगनबाट उत्पादन हुने फोहोरमैलालाई आफैं व्यवस्थित गरी स्वच्छ, सफा र सुन्दर पालिका निर्माणमा सहयोग गर्न भनिएको छ। साथै, सडक पेटी र बाटो अवरुद्ध हुने गरी निर्माण सामग्री नराख्न समेत सचेत गराइएको छ।
  • आधुनिक एवं पर्यावरणीय कृषि: कृषि क्षेत्रलाई परम्परागत शैलीबाट माथि उठाई व्यवसायीकरण गर्न र जैविक विविधतामा आधारित पर्यावरणीय कृषि प्रणाली अवलम्बन गर्न जोड दिइएको छ।
  • भूकम्प प्रतिरोधी भवन निर्माण: गोरखा भूकम्पको जोखिमलाई मध्यनजर गर्दै आगामी दिनमा निर्माण गरिने घर तथा भवनहरू अनिवार्य रूपमा भूकम्प प्रतिरोधी मापदण्ड अनुसार बनाउन अनुरोध गरिएको छ।
  • अग्रज र असहायको सम्मान: समाजका मार्गदर्शक जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा असहाय नागरिकहरूको उचित सम्मान र हेरचाह गर्न पालिकाले सबैमा अपिल गरेको छ।

चुमनुब्री गाउँपालिका सरकारले यी नियम र आग्रहहरूलाई पालना गरी पालिकाको विकास र समृद्धिको यात्रामा सारथी बन्न सम्पूर्ण नागरिकहरूमा हार्दिक अनुरोध गरेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -