Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०९:५६ दिउँसो
- ADVERTISEMENT -

बबरमहल बम विस्फोट काण्डका दोषी राजकुमारलाई हर्क साम्पाङले गरे पार्टीबाट निलम्बन

प्रकाशित मिति: २०८२ पुस २, बुधबार

110
Shares

 हर्क साम्पाङ नेतृत्वको श्रम सस्कृती पार्टीले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा) लाई निलम्बन गरेको छ । बबरमहल बम विस्फोट काण्डमा दोषी देखिएको भन्दै प्रहरीले तामाङलाई पक्राउ गरेपछि सो पार्टीले निलम्बन गरेको हो ।

पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रहरीलाई अनुसन्धानमा बाधा नपुगोस् भनेर पार्टीको कुनै पनि पदमा नरहने गरी निलम्बन गरेको बताए । उनले अनुसन्धान नटुङ्न्जेल सम्मका लागि निलम्बन गरेको समेत बताएका छन् । उनले राजनीतिक गतिविधिको कारण देखाउँदै प्रहरीले तामाङलाई पक्राउ गरेकाले अनुसन्धानमा आफ्नो पार्टीले बाधा नपुर्‍याउने बताए ।

पक्राउ परेका तामाङ विश्व क्रान्ति उपनामले संयुक्त जातीय मुक्ति मोर्चा नामक सङ्गठनमा रहेका थिए । सो सङ्गठनमा रहेका बेला काठमाण्डौं लगायत देशको विभिन्न स्थानमा बम विस्फोट गराएको अभियोग तामाङ माथि लागेको छ । सो सङ्गठनले २०६८ फागुन १५ मा बबरमहलस्थित आयल निगम गेटमा भएको बम बिस्फोट गराएको प्रहरीको दाबी छ । सो घटनामा ३ जनाको ज्यान गएको थियो भने ७ जना घाइते भएका थिए ।

यस्तै, पाँचथरमा एक जनाको ज्यान जाने गरी भएको घटनामा पनि उनी मुछिएका थिए । तत्कालीन समयमा यो सङ्गठनले भूमिगत रहेर हिंसात्मक गतिविधिहरू गरिरहेको थियो । विगतमा पक्राउ परेर जेल चलान भए पनि प्रजातन्त्र दिवसको अवसरमा सरकारले आममाफी दिएपछि २०७६ फागुन ७ गते तामाङ छुटेका थिए । उनी पाँचथरमा एक बालिकाको ज्यान जाने गरी भएको बम विस्फोटको घटनामा पक्राउ परेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -