आगामी निर्वाचनको तयारी तीव्र बन्दै गइरहेका बेला नेपाली कांग्रेससम्को भातृ संगठन तरुण दलका केन्द्रीय सदस्य मनोज कटवाललाई काठमाडौं–१ क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।
पार्टीभित्रका छलफल तथा स्थानीय तहका संगठनीक बैठकपछि कटवालको नाम अग्रपंक्तिमा राखी सिफारिस भएको स्रोतहरूले बताएका छन्। युवामुखी नेतृत्व, संगठन विस्तारमा सक्रिय भूमिका तथा काठमाडौं महानगरभित्रको उनका नियमित क्रियाशीलतालाई आधार मानेर सिफारिस गरिएको बताइन्छ।
सिफारिस जिल्ला तथा क्षेत्रीय समितिबाट केन्द्रमा पठाइनेछ। अन्तिम निर्णय भने पार्टीको आधिकारिक छनोट प्रक्रियाले गर्नेछ।
कांग्रेसभित्र काठमाडौं–१ लाई महत्वपूर्ण क्षेत्र मानिँदै आएको छ, जहाँ विभिन्न दलका बलियो प्रतिस्पर्धीबीच कडा भिडन्त हुने अपेक्षा गरिएको छ। मनोज कटवालको सिफारिसपछि यस क्षेत्रको राजनीतिक सरगर्मी झनै बढेको छ।








































