Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०९:४५ दिउँसो
- ADVERTISEMENT -

हेटौँडा सडक विस्तार: आइतबार घर नभत्काइने, व्यवस्थापनमा जोड दिने

प्रकाशित मिति: २०८२ मंसिर २१, आइतबार

79
Shares

हेटौँडा बजार क्षेत्रको सडक विस्तारको काम आज रोकिएको छ । शनिवार बिहानैदेखि सुरु भएको हेटौँडा बजार क्षेत्रको सडक विस्तार कार्य आज भने नहुने मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । 

राजमार्ग क्षेत्रको २५रमिटर सडक सीमा कायम गर्नेगरी सडक डिभिजन कार्यालय हेटौँडाले हेटौँडाको मुख्य बजार क्षेत्रको बजारका घर तथा संरचनाहरू भत्काउने काम गरेको थियो । शनिवार मात्र हेटौँडा–१५ रातोमाटेदेखि मुख्य बजार क्षेत्रको मेनरोड बुद्ध चोक, राप्ती रोड, पिपल बोट तथा चैकीटोल ओरालोसम्मका संरचनाहरू भत्काइएको थियो ।

महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ क्षेत्रको हाल २५र२५ गज ९२२।५ मिटर० क्षेत्रका नीजि तथा सार्वजनिक घर संरचनामा डोजर प्रोग गरेर भत्काइएको थियो । जोशीले सडक डिभिजन कार्यालय हेटौँडाको योजना अनुसार सुरक्षा संयन्त्र परिचालन गरेर निर्धारित क्षेत्रको अधिकांश संरचनाहरू भत्काइएको बताए ।

महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ अन्तर्गत हेटौँडाको रातोमाटेदेखि बुद्ध चोक हुँदै राप्तीपुल र बुद्धचोकबाट सामरी पुलसम्मको ९।५ किलोमिटर सडक सीमा खाली गर्नेगरी कार्यालयले मंसिर ५ मा सूचना जारी गरेको थियो । सोही अनुसार १५ दिनको म्याद सकिएको दिन उक्त कार्य अघि बढाएर संरचना हटाइएको उनले बताए ।

सो क्षेत्रको करिव २ किलोमिटर क्षेत्रको संरचना हटाउन बाँकी रहेकोले क्रमशः काम गरिने उनले बताए । त्रिभुवन राजपथको चौकीटोल क्षेत्रका केही स्थानमा सडक सीमामा निर्माण भएका घर तथा टहरा हटाउन बाँकी रहेको उनले बताए ।

 उनका अनुसार आइतबार कुनैपनि स्थानको घर तथा टहरा हटाउने काम गरिने छैन । शनिवार भत्काइएको संरचनाहरूको व्यवस्थापनको काममा सडक कार्यालय, हेटौँडा उपमहानगरपालिका लगायतका निकायहरूसँग समन्वय गरेर काम गरिने उनले बताए ।

‘हामीले शनिवार योजना अनुसारका क्षेत्रको संरचना हटाउने गरी घर टहरा भत्काएका छौँ । आज हाम्रो कुनै पनि योजना छौँ,’ उनले भने, ‘योजना अनुसार शनिवार नै रातोमाटेदेखि बुद्धचोक र राप्ती रोड तथा पिपल बोट, चौकीटोल ओरालो क्षेत्रको संरचना भत्काइएको छ । चौकीटोल क्षेत्रको केही घर तथा संरचना हटाउन बाँकी रहेकाले क्रमशः अघि बढ्ने तयारी रहेको छ । आज उपमहानगरपालिका र सडक कार्यालयको समन्वयमा भत्किएका संरचनाहरूको व्यवस्थापनको काम हुनेछ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -