Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:५४:४३ दिउँसो
- ADVERTISEMENT -

महाधिवेशनसँगै कांग्रेस चुनावी प्रचारमा जुट्ने

प्रकाशित मिति: २०८२ मंसिर १६, मंगलबार

103
Shares
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक ललितपुर, २० कात्तिकः नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायत । तस्बिरः गोपाल दाहालररासस

मुलुकको सबैभन्दा ठूलो प्रजातान्त्रिक दल नेपाली कांग्रेसमा लामो रस्साकस्सीपछि नियमित महाधिवेशनमा जाने सहमति जुटेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबारको बैठकले पार्टीको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिकासहितको निर्णय गरेको हो । आगामी फागुन २१ गते निर्धारित आमनिर्वाचन अघि वा पछि कहिले महाधिवेशन गर्ने भन्ने विषयमा सोमबारको कांग्रेस बैठकमा सहमति जुटेको हो ।

पार्टीभित्र संस्थापन र इतरपक्षबीच आमनिर्वाचन अगाडि वा पछाडि तथा विशेष र नियमित कुन महाधिवेशन गर्ने भन्ने विषयमा डेढ महिनादेखि बहस जारी थियो । महाविधेशनको तालिकाअनुसार कांग्रेसले क्रियाशील सदस्यता वितरण र वडादेखि जिल्ला तहसम्मका अधिवेशनलाई जनतामाझ पुग्नका लागि अवसरका रुपमासमेत उपयोग गर्ने जनाएको छ ।

पार्टी महामन्त्री विश्वप्रकाश शर्माले लामो प्रयासका बाबजुद सर्वसम्मत रुपमा महाधिवेशनको मिति तोक्न भएको सहमतिबाट पार्टीलाई बदलिएको समयबमोजिमको बनाउने प्रक्रियाको थालनी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कांग्रेस अब महाविधेशनसँगै निर्वाचनको कुरालाई पनि सँगै लिएर गाउँ जान्छ, हामी बदलिएर आउँदै छाँै र हामी मत लिनका लागि पनि आउँदै छौँ भन्ने अभियान सँगसँगै सुरु हुन्छ । यो महाधिवेशन मात्रै होइन, अहिलेको जेनजी आन्दोलनको परिवर्तनप्रति कांग्रेस के भन्न चाहन्छ रु, अहिलेका घटनाक्रमलगायतलाई कसरी बुझ्न चाहन्छ रु, कसरी बुझ्दछ रु र आगामी दिनमा त्यस्तो अवस्था हुन नदिनलाई आफूलाई कसरी नयाँ बनाउन चाहन्छ रु भन्ने सन्देश पनि दिन चाहन्छौँ ।”

महामन्त्री शर्माले कांग्रेसको आगामी महाधिवेशन र निर्वाचनको सँगसँगैको अभियानले मुलुकलाई निर्वाचनमय बनाउने र यसले अन्ततः संविधानलाई ट्र्याकमा ल्याउनलाई निर्वाचनमार्फत ल्याउन बल पु¥याउन विश्वास व्यक्त गर्नुभयो ।

महाधिवेशनको कार्यतालिकामा रहेको समयको चापलाई मध्यनजर गरी युद्धस्तरमा काम गर्ने उहाँले बताउनुभयो । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि कांग्रेस केन्द्रीय समिति बैठक गत असोज २८ गतेदेखि प्रारम्भ भएको थियो । बैठकमा संस्थापनतिर पक्षधरले विशेष महाधिवेशनका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित निवेदन दर्ता गराएको थियो ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले यही मङ्सिर २३ गते समयावधि सकिन लागेको पार्टीको वर्तमान कार्यसमितिको म्यादसमेत दुई महिना थप गर्ने निर्णय गरेको छ । कांग्रेसको १४औँ महाधिवेशन २०७८ मङ्सिर २४ देखि २८ गतेसम्म काठमाडौँमा भएको थियो । पार्टीको १५औँ महाधिवेशनको कार्यतालिकाअनुसार यही मङ्सिर २० गतेभित्र केन्द्रबाट नयाँ क्रियाशील फारम वितरण गरिनेछ । मङ्सिर २४ गतेभित्र प्रतिनिधिसभा क्षेत्रीय समिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यताको फाराम पठाइने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

आगामी पुस १५ गतेभित्र नेपाली जनसम्पर्क समितिको अधिवेशन सम्पन्न गरी पुस १६ गते गाउँ÷नगर वडा अधिवेशन, पुस १७ गते गाउँ÷नगरपालिका अधिवेशन, पुस १९ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, पुस २१ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन, पुस २२ गते दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन, पुस २३ र २४ गते सातै प्रदेश अधिवेशनका गरिने तालिकामा उल्लेख छ ।

कांग्रेसले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन तर्फको उम्मेदवारीका लागि तथा प्रतिनिधिसभा ९प्रत्यक्ष र समानुपातिक० सदस्यको निर्वाचन तर्फका लागि प्रक्रिया पु¥याई उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्न पार्टीका सम्बन्धित निकायलाई केन्द्रीय कार्यालयमार्फत् स्पष्ट निर्देशनसहितको परिपत्र गर्ने निर्णय गरेको छ । कावा सभापति खड्काले सभापति शेरबहादुर देउवाको निर्देशन र सुझावअनुसार विभिन्न बैठक, छलफल र प्रयत्न पश्चात भएको सहमतिले नै मुलकको अहिले प्रतिकूल अवस्था र पार्टीमाथि देखिएको प्रतिकूल अवस्थामा एकताबद्ध भएर निर्णय गर्न सफल भएको उल्लेख गर्नुभयो ।

कावा सभापति खड्काले लामो छलफल र बहसपछि महाधिवेशनमा सर्वसम्मति भएको बताउँदै अब सबै मिलेर १५आँै महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न र निर्वाचनमा होमिन सबैलाई एकताबद्ध भएर कसरी अगाडि बढान आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न अहिलेको मुलुकको प्रतिकूल अवस्थाको नेतृत्व गर्नसक्ने क्षमता प्रस्तुत गर्नका लागि बैठकमा भएको सहमतिले सकारात्मक सन्देश गएको छ । वर्तमान परिस्थितिको सामना गर्न त्यसको नेतृत्व गर्न र सबै राजनीतिक दलहरुसँग संवाद गर्दै अहिलेको महत्वपूर्ण जिम्मेवारीलाई सम्पन्न गर्नका लागि कांग्रेस प्रतिबद्ध छ, पार्टीमा भएको सर्वसम्मतिले कांग्रेस एकढिक्का छ भन्ने सन्देश गएको छ ।”

जेनजी आन्दोलनपछि गत असोज २८ पहिलो पटक बसेको कांग्रेसको बैठकमा सभापति देउवाले स्वास्थ्यको कारणले उपसभापति खड्कालाई कार्यवाहक सभापति तोक्नुभएको थियो । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सभापति देउवा र उहाँका धर्मपत्नी एवं तत्कालीन परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आफ्नै निवासमा सङ्घातिक हमलामा परी गम्भीर घाइते हुनुभएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -